back

जिल्लामा यसवर्ष तरुलको राम्रो उत्पादन, ३५० क्वीन्टल तरुल निर्यात

वि.सं.२०७६ माघ १ बुधवार

636 

shares

१ माघ, पाल्पा । माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ ।
जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करिव ३५० क्वीन्टल तरुल निर्यात भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठूलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बालीअन्र्तगत पर्ने तरुल खेतीलाई कृषकले व्यवसायिकरुपमा अझ अङ्गालेको भने पाइदैन ।

पाखो पखेरा बारीमा तरुल लगाएर कृषकले राम्रो आम्दानी गर्ने सम्भावना रहेकाले यहाँको भौगोलिक भूबनोट मिलेकाले उत्पादन अझ वृद्धि हुने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार रैथाने बालीअन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर र बोडालगायतका रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेकाले निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीन्टल तरुल काठमाडौँ र बुटवललगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राविधिक सहायक खिमराज कोइरालाले बताए ।

“यसवर्ष तरुलको उत्पादन राम्रो भएको छ, कृषकले बाहिरी बजारमा निर्यात गरिरहेका छन्, तरुल विक्रीवितरणबाट राम्रो आम्दानी गर्न थालेका छन्” उनले भने ।

निस्दीको मित्याल, झिरुवास, अर्चलेको रनगुवा र गल्धालगायतका स्थानमा तरुलको उत्पादन राम्रो भएको छ । एउटा कृषकले चार सय किलोभन्दा बढीको तरुल उत्पादन गरी विक्री गर्न सफल भएका छन् । मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ३० हजारभन्दा बढीको तरुल बिक्री गरेका छन् ।

माघे सङ्क्रान्ति बाहेक अन्य समयमा पनि तरुल बजारमा विक्रीवितरण भइरहन्छ । माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु र विषेश परिकारमा तरुल खाएर मनाइन्छ ।

माघे सङ्क्रान्तिका दिन बिहानै स्नान गरी घिउ, चाकु, तिलको लड्डु, हरियो सागपात र तरुल खाने, ब्राम्हणलाई वस्त्र दान गर्ने तथा शरीरमा तोरीको तेल लगाउँदा पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।

वि.सं.२०७६ माघ १ बुधवार १४:२३ मा प्रकाशित

Himalayan Life AD
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

देवदह (रुपन्देही) । रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल...

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

अनुगमन प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सञ्चालन...

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

नेपालगन्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी...

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी (दाङ) । यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार...

हिउँदे वर्षाले काँचो इँटामा क्षति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो...