माल्टामा ‘भिजिट नेपाल २०२०’ को उद्घाटन तथा पर्यटन प्रवर्धनका लागि माल्टा पुगेका युकेका लागि यतिबेला नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी माल्टा पुगेका छन् । माल्टाका लागिसमेत गैरआबासीय राजदूत रहेका डा सुवेदीले माल्टामा रहँदामाल्टाका माल्टाका प्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्रि तथा माल्टाका स्थानीय मेयर र काउन्सिलरसंग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
साथै माल्टा स्थित विभिन्न नेपाली संघसंस्थाहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ भने संग पनि भेटघाट कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा भिजिट नेपाल बिशेष कार्यदल मोडिटोरसमेत रहेका सोम सापकोटाले जानकारी दिए ।
भेटघाट कार्यक्रममा दुई देश बीचको मैत्री सम्बन्ध बारे र भिजिट नेपाल २०२० कार्यक्रमको लक्ष्य र उद्येश्य बारे विशेष छलफल हुने पनि सापकोटाले बताए ।
राजदूत माल्टा पगेको अवसर पारेर नेपाली व्यवसायीद्वारा बिक्रीमा ल्याएका एभरेष्ट बियरको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सापकोटासहितको गोल्डेन एभरेष्ट ग्रुपद्वारा सञ्चालनमा ल्याएको पहिलो नेपाली सुपरमार्केटको उद्घाटन गर्न लागिएको हो । सो अवसरमा नेपाली स्वादको ‘गोल्डेन एभरेष्ट बियर’को समेत उद्घाटन हुने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए ।
मार्टमा गुन्द्रुक, फापरको पिठो, नेपाली चाउचाउ जस्ता नेपाली सामानहरु पनि पाइन्छ । सो समूहले छिट्टै नै ३०–५० रुमको होटल समेत सञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।
वि.सं.२०७६ माघ १ बुधवार १४:४९ मा प्रकाशित