back

विपन्न नागरिक उपचार सहायता रकम बढाइने तयारी

वि.सं.२०७३ मंसिर २३ बिहीवार

696 

shares

doctor

काठमाडौँ । सरकारले आठ प्रकारका कडा रोगको उपचारमा गर्दै आएको सहयोग बढाउने तयारी गरेको छ ।

यी रोगको उपचारका लागि गरिँदै आएको रु एक लाख उपचार सहयोग बढाएर रु पाँच लाख पु¥याइने बताइएको छ । कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका (संशोधित) २०७३ मस्यौदा तयार हुँदैछ । अहिले मुटु रोग, अर्बुद रोग, अल्जाइमर्स , पार्किन्सस, टाउकामा र मेरुदण्डमा चोट र सिकलसेल एनिमियाको उपचारमा मात्र सहयोग दिइँदै आएको छ । ती रोगको उपचारमा दिइँदै आएको राहत रकम पनि रु पाँच लाख पु¥याइने प्रस्ताव मस्यौदा गरिएको छ ।

संशोधन गर्न लागिएको निर्देशिकामा मिगौला रोगीको सम्पूर्ण डायलासिस निःशुल्क र मिर्गाैला रोगको ‘एक्युट रेनल फेलियर’ भएका बिरामीलाई रु पाँच लाख बराबर औषधोपचार सहुलियत दिन प्रस्ताव गरिएको छ । मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई सूचीकृत अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउनसमेत प्रस्ताव गरिएको छ । अहिले डायलासिस निःशुल्क भए पनि प्रत्यारोपणका लागि रु दुई लाख र त्यसपछि औषधिका लागि रु एक लाख मात्रै दिने गरिएको छ ।

चालु आवमा रु एक अर्ब विपन्न नागरिक औषधि उपचार कार्यक्रमका लागि छुट्याइएकामा अहिलेसम्म रु ६० करोड खर्च भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो । सहयोग लिनेमध्ये धेरै अर्बुदका बिरामी भए पनि खर्च भने मिर्गाैलाको उपचारमा धेरै हुने विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउनुभयो ।

सरकारले अहिले आठ प्रकारका कडा रोग लागेका बिरामीका लागि रु एक लाख छुट्याउँदा वार्षिक रु एक अर्बभन्दा धेरै खर्च हुने गरेको छ भने प्रस्ताव संशोधन भई प्रत्येक बिरामीले रु पाँच लाखका दरले सहयोग प्राप्त गर्ने हो भने रु पाँच अर्ब बढी खर्च लाग्ने देखिन्छ । सरकारले विभिन्न ३१ सरकारी तथा निजी अस्पतालबाट अहिले यी रोगको उपचार गर्दै आएको छ । निर्देशक डा केसीले अन्य अस्पतालले पनि सो कार्यक्रम सञ्चालनका लागि अनुमति मागिरहेको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...