Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

हवाई आक्रमणमा दर्जनौँ इराकीको मृत्यु, सभामुखद्वारा सरकारको ध्यानाकर्षण



२४ मङ्सिर, बग्दाद (इराक)। इराकी संसदका सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको हवाई आक्रमणमा ‘दर्जनौँ’ सर्वसाधारणको मृत्यु तथा केही घाइते भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुख सलिम अल जाबुरीले एक विज्ञप्ति जारी गर्दै निःशस्त्र नागरिकमाथि सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण गर्दा निर्दोष नागरिकको मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गरी दोषी उपर कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

यसैबीच सरकारले लडाकू विमानले इस्लामिक स्टेट (आईएस) लडाकूलाई लक्षित गरी काइममा रहेका दुई घरमा आक्रमण गरेको स्वीकार्दै उक्त घटनामा सर्वसाधारण नभएको दाबी गरेको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता कर्नेल जोन डोरियनले भने उक्त समयमा आफ्नो गठबन्धनले सभामुखले बताएको क्षेत्रमा हवाई आक्रमण नगरेको बताउनुभएको छ । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज