back

कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

वि.सं.२०७६ माघ ८ बुधवार

207 

shares
RBB AD
NTC AD

८ माघ, सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।

कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने, “त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।”

उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।

वि.सं.२०७६ माघ ८ बुधवार १६:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका...

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना...

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ ।...

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो...

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट...