Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

सामाजिक अभियानवाट संमृद्ध समाज निर्माण



shiv-banjara

संसारमै समृद्ध मुलुक वा समाजको मेरुदण्ड राजनीति नै हो । त्यसमा दुईमत छैन । तर, हाम्रो अल्पविकसीत मुलुकमा राजनीतिको नाममा विभिन्न बहानामा र व्यक्तिगत स्वार्थको दल–दलमा युद्धको रणभूमि हुँदा आजसम्म मुलुकले ठोस समृद्ध र विकासोन्मुख बाटोतिर दिसा निर्देश हुन नसकेको धु्रवसत्य हो । यहि नेपाली राजनीतिको पुरातन प्रभाव देश वा विदेशी जुनसुकै समाजमा पनि वंशाणुगत गुण झैं सर्दै गएकोमा यो आम नागरिकको चिन्ता र चासोको विषय बन्नु पुगेको छ । अझै ठूलो चिन्ताको विषय त यो विषाक्त गुण हामी भन्दा पछिल्लो पुस्तामा पनि सर्ने त होइन भन्ने डर छ ।

जन्मपछिको मृत्यु निश्चित छ । तर, जीवनको केही निश्चित छैन । हामीसँ महान विचार छ । साध्य छ अनि सामाथ्र्य छ तर हामीले कहिल्यै सोचेका छैनौं÷ छैन । यो हामी सबैले एकपटक विचार गर्ने समय आएको छ । हामी एक सामाजिक प्राणी हों, हामी जो भौतिक तथा शारीरिक हिसावले हामी जन्मे हुर्केको समाजसँग टाढा भएर जहाँ पुगेपनि त्यहाँ एक्लो जीवनको पूर्णता छैन । अन्तत : हामीले कुनै न कुनै समाजमा समायोजन हुने माध्यम खोजिरहेका हुन्छौं ।

यहि सिलसिलानमा हामी सँग धेरै समाजमा समायोजन हुँदाको संघर्ष छ । तितो मिठो अनुभव छ र हामीलाई प्रष्ट भएको छ की यो विश्व मानब संसार कुनै–कुनै सामाजिक तत्वले घेरिएको छ । यसै सन्दर्भमा मेरो पनि आफ्नै अनुभव छ ।

म खास एउटा भौतिक विकटता, आर्थिक विपन्नता, शैक्षिक प्रतिकुलता र सामाजिक अज्ञानताको जालमा मौलाएको गाउँमा जन्मेको साधारण व्यक्ति, अवसरको खोजी यात्रामा बिभिन्न संघर्ष र बाध्यतावस आज दुरीको हिसाबले हजारौं माइल दुर एउटा छुट्टै महादेश अनि एउटा छुट्टै गोलाद्र्धको पश्चिमी संस्कार र संस्कृति भएको समाजमा समायोजनको क्रममा संघर्षशील हुँदै छु । यहि काममा मैले समाज परिवर्तनको लागि धेरै पाठ सिक्ने मौका समेत पाएको छ ।

संसारमै समृद्ध मुलुक वा समाजको मेरुदण्ड राजनीति नै हो । त्यसमा दुईमत छैन । तर, हाम्रो अल्पविकसीत मुलुकमा राजनीतिको नाममा विभिन्न बहानामा र व्यक्तिगत स्वार्थको दल–दलमा युद्धको रणभूमि हुँदा आजसम्म मुलुकले ठोस समृद्ध र विकासोन्मुख बाटोतिर दिसा निर्देश हुन नसकेको धु्रवसत्य हो । यहि नेपाली राजनीतिको पुरातन प्रभाव देश वा विदेशी जुनसुकै समाजमा पनि वंशाणुगत गुण झैं सर्दै गएकोमा यो आम नागरिकको चिन्ता र चासोको विषय बन्नु पुगेको छ । अझै ठूलो चिन्ताको विषय त यो विषाक्त गुण हामी भन्दा पछिल्लो पुस्तामा पनि सर्ने त होइन भन्ने डर छ ।

यो फोहोरी राजनीतिले समाजमा सद्भाव भड्काउने र समाजमा अराजकता फैलाउने मामिलामा अग्रगामी देखिएकोले यो भन्दा माथि रहेर प्रवासमा बसेर हामीले सबै समाज र समुदायसँग हातेमालो, सहयोग र सद्भाव राख्दै जसले जहाँबाट जे सकिन्छ, जस्तो र जति सकिन्छ । त्यसैले अब गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ, प्रवासमा होस् यात प्रवासबाट स्वदेशको लागि होस्, नयाँ परिवर्तन र विकसीत पश्चिमा मुलुकको भौतिक परिवर्तन र हाम्रो पूर्विय चिन्तनको समायोजनबाट हाम्रो समाजको परिकल्पना हाम्रै पालामा सम्भव बनाउन सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि