back

शहीदका तस्विर साक्षी राखेर प्रतिबद्धता

वि.सं.२०७६ माघ १२ आइतवार

249 

shares
RBB AD
NTC AD

१२ माघ, जाजरकोट । एघार जना परिवारका सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरि आँसु लिएर शनिबार बिहानै सुर्खेतबाट जाजरकोट आए । सदरमुकाममा पार्टी कार्यकर्ताको फूलमालासमेत ग्राहण नगरी हतार–हतार भेरी नगरपालिका–१ रिम्नास्थित शहीद स्मृति भवनमा पुगेर शहीदका तस्विर साक्षी राखी मुट्ठी कसेर ‘तपाईंहरुको सपना मेरो मूलबाटो हो’ भन्दै कार्यकर्तासामु उपस्थित भए ।

सदरमुकाम खलङ्गामा कार्यकर्ताको टीका र मालासमेत ग्रहण नगरी रिम्ना पुगेका शर्माले शहीदको तस्विरमा माल्यार्पण गरेरमात्र समर्थक, कार्यकर्ताको टीका तथा माला ग्राहण गरेका थिए । भेरी–१ मा मात्र जनयुद्धको समयमा ३५ जनाले ज्यान गुमाएका थिए । एकै वडाबाट दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको नेपालकै पहिलो बस्ती रिम्ना र पिपे हो । जनयुद्धको समयमा जाजरकोटकमा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

सबै ज्यान गुमाएका शहीदको तस्विर रिम्नास्थित शहीद स्मृति भवनमा राखिएको छ । शहीद सम्झँदै रिम्ना पुग्नुभएका शर्माले एकै परिवारका सात आफन्त गुमाएकी ८२ वर्षीया अमृता खड्कासँग भेट गरेर शहीदको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गरे । खड्काले शर्मालाई भने, “मेरो आफन्तले देखाएको बाटो र बाँकी कार्यभार पूरा गर्नु, मेरो अन्तिम इच्छा यही हो ।”

उनका यी वाक्य फुट्न नपाउँदै शर्माले गहभरि आँसु झार्दै भने, “मेरा आफन्त, हजुरका आफन्त सबैले लिएको बाटोमा लाग्ने र सफल बनाउने हजुरको चाहना अधुरो हुन दिन्नँ, मेरो सास रहुन्जेलसम्म शहीदकै बाटोमा लाग्ने छु ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सचिवसमेत रहेका शर्माले नेपालकै पहिलो जनयुद्धका शहीद मानबहादुर ओली र मानवबहादुर रावल भए पनि त्यतिबेला सूचना र सञ्चारको अभावले छुटेका बताए ।

के चाहन्छन् रिम्ना–पिपेवासी ?
जनयुद्धमा ३५ आफन्त गुमाएका भेरी–१ रिम्ना र पिपेका स्थानीयवासीले शहीदको सपना पूरा गर्न आग्रह गरेका छन् । आफू बाँचेरमात्र हँुदैन, देश बचाउनु पहिलो सर्त भएको भन्दै रिम्नाका जयबहादुर रानाले भने “देशमा हाम्रा आफन्तले गरेको बलिदानी खेर नजाओस्, हाम्रो पहिलो माग त्यही हो, कसैको माया र दयाले यो परिवर्तन आएको होइन, हाम्रा आफन्तको रगतको खोला बगेको छ ।”

जनयुद्धको समयमा बडालेखमा ४०० भन्दा बढी स्थानीयवासीको घरमा हेलिकोप्टरबाट बम हान्दा बस्ती खरानी भएको थियो । शान्ति स्थापनासँगै रिम्ना र पिपेलाई नमूना बस्ती बनाउने भन्दै तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीकै पहलमा शान्तिका लागि द्वन्द्वरत कार्यक्रममार्फत विद्युत्, खानेपानी र अन्य आधारभूत सेवा उपलब्ध गराउने योजना बनाइएको थियो । अहिले यहाँका स्थानीयवासीको माग द्वन्द्वको घाउ मेट्नका लागि विकास र समृद्धि आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष ढकवीर रानाले बताए । रासस

वि.सं.२०७६ माघ १२ आइतवार १२:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका...

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना...

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ ।...

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो...

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट...