back

छात्राको मृत्युको कारण छानबिनको माग गर्दै प्रदर्शन

वि.सं.२०७३ मंसिर २५ शनिवार

648 

shares

२५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले शुक्रबार यहाँ प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । बिहीबार प्रधानमन्त्रीको सुर्खेतमा स्वागत गर्न गएका बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:२६ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...