back

पूर्वी अलेप्पोबाट भागेका सयौँ सर्वसाधारण बेपत्ता : राष्ट्रसङ्घ

वि.सं.२०७३ मंसिर २५ शनिवार

348 

shares
NTC AD

२५ मंसिर, जेनेभा (स्वीट्जरल्यान्ड) । संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

        बेपत्ता उनीहरूलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरू प्राप्त भएका छन् ।

        यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्टि भएको छैन ।

         “यो खतरानाक एवम् तरल अवस्थामा यसै भयो भनी वास्तविकता बाहिर ल्याउन सहज छैन, हामीलाई प्राप्त जानकारी अनुसार सरकार नियन्त्रित क्षेत्रमा गएपछि सयौँ मानिस बेपत्ता भएको भन्ने चिन्ताजक खबर प्राप्त भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवअधिकार मामिला हेर्ने कार्यालयका प्रवक्ता रूपर्ट कोलभिलले जेनेभामा सञ्चारकर्मीलाई बताउनुभयो ।

        बेपत्ता भएका नागरिकहरू ३० देखि ५० वर्ष उमेर समूहका मानिस भएको बताइएको छ । बेपत्ताका आफन्तजनले उनीहरूसँग अलेप्पोको पश्चिमी (सरकार नियन्त्रित) क्षेत्रमा हप्तादेखि दश दिन अघिसम्म सम्पर्क भएको बताएका छन् ।

        राष्ट्रसङ्घलाई सरकारी हतियारधारी समूहले उनीहरूलाई लगेको र स्वेच्छाचारी रूपमा

 थुनामा राखिएको, यातना दिइएको र बेपत्ता पारिएको भन्ने सूचना प्राप्त भएको छ र यस विषयमा राष्ट्रसङ्घ गहिरो चिन्ता व्यक्त गर्दछ, प्रवक्ता कोलभिलले बताउनुभयो ।

        यसैबीच सिरियाली सेनाले विद्रोहीद्वारा सन् २०१२ देखि नियन्त्रणमा लिएर आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षित आश्रयस्थल बनाउँदै आएको प्राचीन सहर अलेप्पोको ८५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको जनाएको छ ।

        अलेप्पोको विद्रोही नियन्त्रित भूभागमा सिरियाको बसर अल असद प्रशासनका प्रमुख सहयोगी रसियाले मानवीय सहायताका लागि हवाई आक्रमण तथा स्थल आक्रमणलाई रोकेको बताइरहेका बेला शुक्रबार विद्रोहीविरुद्ध व्यापक मात्रामा हवाई आक्रमण भएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

        सिरियाली मानवअधिकारवादी संस्थाले जनाएअनुसार पूर्वी अलेप्पोबाट ठूलो मात्रामा सर्वसाधारण घर छोडेर भागेका र यसरी घर छोडी भाग्ने जनसङ्ख्या ८० हजारभन्दा बढी भएको दाबी गरेको छ ।

        सरकारले पछिल्लो कारबाही सञ्चालन गर्नुपूर्व अलेप्पोमा दुई लाख ५० हजार मानिस रहेको तथ्याङ्क भएपनि हाल विद्रोही नियन्त्रित इलाकामा कति मानिस छन् भन्ने एकिन सङ्ख्या बाहिर आउन सकेको छैन ।  एएफपी

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:५० मा प्रकाशित

ADBL AD
चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा...

संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने : गृहमन्त्री

संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी...

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य ह्वातै बढेको छ । आज...

आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप...