back

‘विश्वकै सबैभन्दा धेरै तौल भएकी’ महिला शल्यक्रियाका लागि भारत आउने

वि.सं.२०७३ मंसिर २५ शनिवार

681 

shares

old-fat-women२५ मंसिर, नयाँ दिल्ली (भारत) । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।

भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उहाँ भारत आउनुभएको हो ।

छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उहाँकी बहिनीले बताउनुभएपछि लाकदवालाले उहाँको उपचारका लागि इच्छा प्रकट गर्नुभएको बताइएको छ ।

उहाँ सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उहाँको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उहाँलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उहाँ वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन सक्नु हुन्न ।

उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भन्नुभयो, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उहाँको उपचारमा सघाउने छु ।”

अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:५३ मा प्रकाशित

Himalayan Life AD
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...