back

यी हुन ८ विदेशी खेलाडी जो इपीएल खेल्ने पहिलो पटक नेपाल आउदैँ छन

वि.सं.२०७६ माघ १७ शुक्रवार

690 

shares

१७ माघ, काठमाडौँ । चैत १ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा यस बर्ष पनि ६ बटा टिमले भाग लिने छन । २०१८ मा भएको ईपीएलको पहिलो संस्करण भव्य रहेको थियो । २०१८ मा भएको ईपीएलको पहिलो संस्करणको उपाधि ललितपुर प्याट्रियोट्सले जित्न सफल भएको थियो ।

२०२० को ईपीएल २०१८ को भन्दा ठूलो र भव्य रहने अनुमान अहिलेबाटै लगाउन सकिन्छ । २०२० को ईपीएलका लागि थुप्रै विदेशी आइकनिक खेलाडिहरुको नाम विभिन्न टिममा जोडिएको छ ।

२०२० को ईपीएलको आधिकारिक प्रसारण अधिकार भारतीय खेलकुद च्यानल Dsport ले लिएको छ । यसको मतलब २०२० को ईपीएलको सबै खेल भारतीय खेलकुद च्यानल Dsport मा र्हेन सकिने छ ।

२०२० को ईपीएलका लागि टि– २० क्रिकेटमा नाम कमाएका थुप्रै विदेशी खेलाडीहरुलाई विभिन्न टिमहरुले टिममा भित्राएको छ ।

पहिलो पटक नेपालमा आएर ईपीएल खेल्ने विदेशी खेलाडिहरुको नाम यस प्रकारको रहेको छ ।

१. क्रिस गेल

वेस्टइंडिजका विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान क्रिस गेल पहिलो पटक नेपालमा आएर कुनै लिग खेल्न गईरहेका छन । टि–२० क्रिकेटमा युनिभर्स बोस भनेर चिनिने क्रिस गेलले टि–२० क्रिकेटमा मात्रै २२ वटा सतक जडेका छन । उनले पोखरा रइनोजबाट यस बर्षको ईपीएल खेल्ने छन ।

२.ड्वायन स्मिथ

वेस्टइंडिजकै अर्का विस्फोटक ब्याट्सम्यान ड्वायन स्मिथले पनि यस बर्षको ईपीएल खेल्ने छन । उनले अहिलेसम्म ३३७ टि–२० खेल खेलेका छन जसमा उनले ५ सतक समेत जडेका छन । उनी ईपीएलमा भैरवा ग्याडियटर्सबाट खेल्ने छन ।

३. मोहम्मद शहजाद

अफगानिस्तानका विकेट–किपर ब्याट्सम्यान मोहम्मद शहजादलाई चितवन टाइगर्सबाट खेल्ने पक्का भईसकेको छ । उनले टि–२० क्रिकेटमा ३ हजार भन्दा बढि रन १३० को स्ट्राइक रेटले बनाएका छन ।

४. उपुल थरङ्गा

श्रीलंका क्रिकेट टिमका कप्तान समेत रहेका उपुल थरङ्गाले २०२० को ईपीएल ललितपुर प्याट्रियोट्सबाट खेल्ने छन । थरङ्गासँग १ सय भन्दा बढि टि–२० खेलको अनुभव रहेको छ ।

एभरेष्ट प्रमियर लिग को आधिकारिक वेबसाइटमा अरु विदेशी खेलाडिहरुको नाम पनि रहेको छ, तर ति विदेशी खेलाडीहरु कुन टिमबाट खेल्ने भन्ने टुङगो भने लागेको छैन । वेबसाइटमा राखीएका अरु विदेशी खेलाडिका नामहरु यसप्रकारका रहेका छन :

५. हासिम आमला (ब्याट्सम्यान दक्षिण अफ्रिका)
६. केस्रिक विलियम्स (बलर वेस्टइंडिज)
७. सिक्कुगेज प्रसन्ना (अलराउण्डर श्रीलंका)
८. लियम प्लेन्केट (बलर इंल्याण्ड)

वि.सं.२०७६ माघ १७ शुक्रवार १५:३१ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...