२० माघ, काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १८ जना सहसचिवको सरुवा गरेको छ भने हालै बढुवा भएका ४८ जनाको पदस्थापन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयका वसन्त अधिकारीलाई संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयमका बाबुराम अधिकारी र प्रधानमन्त्री तथा परिषद् कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको हो ।
यसैगरी कर्णाली पदेश सामाजिक विकास मन्त्रालयका मानबहादुर विकलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कम्पनी रजिस्ट्रार कार्यालयका रजिसट्रार भुवनहरि अर्याललाई मधेसी आयोगमा सरुवा गरिएको छ । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २० सोमवार ०८:१८ मा प्रकाशित






























