back
CTIZAN AD

महिला डबल लिग भलिबल च्याम्पियनसिपमा पुलिस क्लबको दोहोरो जित

वि.सं.२०७६ माघ २० सोमवार

687 

shares

२० माघ, काठमाडौँ । पन्ध्रौँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा पुलिसले दोहोरो जित हात पारेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा पुलिसले आइतबार पहिलो खेलमा चुली युवा क्लबलाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुललाई हराएको हो । दुवै खेल पुलिसले ३–० सेटले जित्यो । यसका साथै पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । पुलिसले पहिलो खेलमा चुलीलाई २५–१०, २५–१० र २५–१४ अङ्कले जितेको हो भने अर्को खेलमा पारामाउन्टलाई २५–९, २५–१० र २५–११ अङ्कले हराएको हो ।

यसैगरी डायमन्ड युवा क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० सेटले पराजित ग¥यो । डायमन्ड शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलबाट १२ अङ्क जोडेको छ । डायमन्डले उक्त खेल २५–१३, २५–१० र २५–१६ अङ्कले जितेको हो । ढोरपाटनले तीन खेलबाट छ अङ्क जोडेको छ । यस्तै एपीएफले सेव स्कुललाई २५–५, २५–४ र २५–१२ अङ्कले हरायो । अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले बुलबुले रारा भलिबल क्लबलाई २५–२०, २५–१० र २५–२१ अङ्कले पराजित ग¥यो । आर्मीले तीन खेलबाट छ अङ्क जोडेको छ ।

बुलबुलले चार खेलबाट नौ अङ्क बटुलेको छ । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको सो प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् । रासस

वि.सं.२०७६ माघ २० सोमवार ०८:५४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...