२० माघ, काठमाडौँ । लोकसेवा आयोग, प्रश्नपत्र परिमार्जन तथा सिफारिश महाशाखाले एक सूचना प्रकाशित गरेको छ ।
आयोगको बागलुङ कार्यालयको स्थानीय तहअन्तर्गत खुल्ला शिक्षा सेवा , शिक्षा प्रशासन समूह, छैटौं तह, अधिकृत पदकोलागि २५ जना छनौट भएकाहरुलाई अन्तर्वार्ता , सामूहिक परीक्षण र लिखित परीक्षासमेतको आधारमा स्थानीय तहरुमा नियुक्तिका लागि सिफारिश गर्न यो सूचना प्रकाशित गरिएको हो ।
वि.सं.२०७६ माघ २० सोमवार १०:३१ मा प्रकाशित






























