२० माघ, काठमाण्डौं । जापानमा रहेका बाग्लुङेहरुको साझा संस्था बाग्लुङ समाज जापानले चैते दशैं मेलाको आयोजना गर्ने भएको छ ।
जापानको टोकियोमा भएको बाग्लुङेहरुको बृहत छलफलले विभिन्न निर्णय गर्दै जापानमा क्रियाशील बाग्लुङेहरुका संस्थाहरुको संयुक्त आयोजनामा मे ३ तारिखमा चैते दशैं मेलाको आयोजना गर्ने बताइएको छ ।
लोकदोहोरी प्रतियोगिता सहित आयोजना गरिने उक्त मेलामा सांस्कृतिक विविधता सहितका कार्यक्रम गरिने भएकाले त्यसका लागि सिद्धार्थ श्रेष्ठको संयोजकत्वमा टिम निर्माण गरेको समेत समाजले जनाएको छ ।
त्यसैगरी समाजले बेलु थापा संयोजक तथा डिपी कंडेल र दीपक सुवेदी सदस्य रहने गरी आगामी अधिबेशनका लागि निर्वाचन समितिको चयन समेत गरेको छ ।
वि.सं.२०७६ माघ २० सोमवार १०:५० मा प्रकाशित



























