२० माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका नेपालीले अष्ट्रेलियन सरकारको गाइडलाइन पालना गर्न अनुरोध गरेको छ ।
संघले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभरीका देशहरुले त्यसको संक्रमणबाट बच्नका लागि गरेको हरसम्भव प्रयास र अष्ट्रेलियन सरकारले पनि त्यसका लागि गराएको सचेतना सम्बन्धी जानकारी अष्ट्रेलियाबासी नेपालीलाई गराएको हो ।
अष्ट्रेलियन सरकारले जारी गरेको सूचना अनुसार यदि कोही नेपालीहरुले विदेश यात्रा गर्नुपरेको खण्डमा स्मार्ट ट्राभल वेवसाइटमा गएर जानकारी गराउन तथा अष्ट्रेलियन सरकारले जारी गरेको गाइडलाइनलाई पालना गर्न पनि एक विज्ञप्तिमार्फत् संघले जानकारी गराएको छ ।
स्मरण रहोस् कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३६१ जनाको मृत्यु भइसकेको र १७ हजार यसबाट प्रभावित भएका छन् ।

वि.सं.२०७६ माघ २० सोमवार ११:५४ मा प्रकाशित






























