back

चीनबाट ल्याइएका विद्यार्थीलाई आफ्नो कार्यलयमा राख्न खोजिएको भन्दै कर्मचारीको आपत्ति

वि.सं.२०७६ माघ २७ सोमवार

912 

shares

२७ माघ, काठमाडौं । नेपाल विद्युत प्रधिकरण राष्ट्रिय कर्मचारी युनियनले कोरोना भाइरस प्रकोपका कारण चीनबाट नेपाल फर्कन लागेका विद्यार्थीलाई विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गरेका छन् । आफ्नै कार्यलयमा कोरोना पीडितको आशंका गरिएकाहरुलाई राख्न खोजिएकोले कर्मचारीहरु त्रशित र आतंकित भएको भन्दै युनियनले ध्यानाकर्षण गराएको हो ।

र्काचारी युनियनका संयोजक रामेश्वर पौडेलको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा त्रिभुवन विमनास्थलबाट १५ किलोमिटर टाढा रहेको प्रधिकरणको तालिम केन्द्रसम्म पुर्याउदा पनि संक्रमण फैलिन सक्ने भन्दै विमानस्थलमै अस्थायी संरचना बनाई राख्न सुझाव दिइएको छ ।

खरिपाटीको तालिम केन्द्रमै राख्ने भए त्यहाँ कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि निजलाई पायक पर्ने कार्यालयमा हाजिरी भई कार्य गर्ने व्यवस्था मिलाउन कर्मचारी युनियनले ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी युनियनले कर्मचारी सेवा सर्त बिनियानवली २०७५ मा उल्लेखित विषयहरुले कार्यरत कर्मचारीहरुको बृत्ति विकासमा गंभिर असर पुर्याएकोले अभिलम्व त्यसलाई सच्याउन पनि कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएको छ ।

नेपाल विद्युत प्रधिकरणबाट हुनुपर्ने खुल्ला तथा बढुवाका विज्ञापनहरु लोक सेवा आयोगको वार्षिक कार्य तालिका अनुसार हालसम्म पनि सूचना प्रकाशित नभएको भन्दै यथाशिघ्र विज्ञापनको सूचना प्रकाशन गर्न पनि कर्मचारी युनियनले ध्यानाकर्षण गरेको छ ।

वि.सं.२०७६ माघ २७ सोमवार १४:१० मा प्रकाशित

Himalayan Life AD
मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...