back
CTIZAN AD

 ज्योति मगरसंगै एक दर्जन कलाकार दोहामा

वि.सं.२०७३ मंसिर २८ मंगलवार

915 

shares

%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-1-1

दिलकुमार श्रेष्ठ  दोहा ।  यसपालीको नयाँबर्षको जाडोलाई तताउनको लागी दोहामा ज्योति मगर आउने भएकी छिन् । त्यसै गरि कार्यक्रमको अर्का आकर्षण प्रमोद खरेल हुने छन् । विभिन्न करणले चर्चामा आईरहने ज्योति र सुमधुर स्वरका धनि खरेलले दर्शकहरुलाई मनोरंजन दिने निश्चित छ । उनीहरुसंगै कतारमा एक दर्जन राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।
अन्य कलाकारहरुमा आधुनिक गायकहरु प्रमोद खरेल, रुपकुमार राई चर्चित लोक दोहोरी गायक पशुपतिशर्मा, गायिका सहिमा श्रेष्ठ हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, ,नृत्याङ्गना रश्मीता मांग, गायिका तथा मोडेल कोपिला गुरुङ मोडेल तथा निर्देशक स्मृति मिल्सिना, र उद्घोषिका रुपमा नायिका सुर्जनी केसी दोहामा ओर्लने भएका छन् ।
३० डिसेम्बर शुक्रवार साँझ ५ बजेबाट सनैया स्थित एशियन टाउन ग्राण्ड मलको पछाडी पट्टि बिशाल हलमा कार्यक्रम हुदै छ । अग्रेजी नयाँबर्ष २०१७ को शुभअवसर पारेर गरिन लागिएको सांगीतिक कार्यक्रममा एक दर्जन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुसँग कतारमा कार्यरत नेपाली समुदायहरुले मनोरंजन लिने भएका छन् । आइबोसले अघिल्ला कार्यक्रमको सफलता पछि अहिले यो कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक गोपाल न्यौपानेले जानकारी दिए ।
हिजो ९ डिसेम्बरको दिन आयोजक आइबोस ग्लोबल कतारको कार्यालयमा दोहाका केहीँ नेपालि समुदायका अगुवाइहरु, आयोजक परिवारका साथिहरू, कार्यक्रमका बिसेष सहयोगी शक्ति क्षेत्री, रित कुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, बिरेन्द्र के याक्थुङबा र अर्जुन रसाइली लगाएत पत्रकारहरुसंग कार्यक्रमबारे छलफल समेत गरेको थियो । कतारमा बिगतमा हुदै आएको कार्यक्रम भन्दा भिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने धारणा राख्दै कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइ सांगितिक मनोरन्जन लिन कार्यक्रम संयोजक न्यौपानेले सबैमा अनुरोध गरेका छन् ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०८:२६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...