back

 ज्योति मगरसंगै एक दर्जन कलाकार दोहामा

वि.सं.२०७३ मंसिर २८ मंगलवार

579 

shares
IME Limited
NTC AD

%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%86%e0%a4%89%e0%a4%a8%e0%a5%87-1-1

दिलकुमार श्रेष्ठ  दोहा ।  यसपालीको नयाँबर्षको जाडोलाई तताउनको लागी दोहामा ज्योति मगर आउने भएकी छिन् । त्यसै गरि कार्यक्रमको अर्का आकर्षण प्रमोद खरेल हुने छन् । विभिन्न करणले चर्चामा आईरहने ज्योति र सुमधुर स्वरका धनि खरेलले दर्शकहरुलाई मनोरंजन दिने निश्चित छ । उनीहरुसंगै कतारमा एक दर्जन राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।
अन्य कलाकारहरुमा आधुनिक गायकहरु प्रमोद खरेल, रुपकुमार राई चर्चित लोक दोहोरी गायक पशुपतिशर्मा, गायिका सहिमा श्रेष्ठ हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, ,नृत्याङ्गना रश्मीता मांग, गायिका तथा मोडेल कोपिला गुरुङ मोडेल तथा निर्देशक स्मृति मिल्सिना, र उद्घोषिका रुपमा नायिका सुर्जनी केसी दोहामा ओर्लने भएका छन् ।
३० डिसेम्बर शुक्रवार साँझ ५ बजेबाट सनैया स्थित एशियन टाउन ग्राण्ड मलको पछाडी पट्टि बिशाल हलमा कार्यक्रम हुदै छ । अग्रेजी नयाँबर्ष २०१७ को शुभअवसर पारेर गरिन लागिएको सांगीतिक कार्यक्रममा एक दर्जन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुसँग कतारमा कार्यरत नेपाली समुदायहरुले मनोरंजन लिने भएका छन् । आइबोसले अघिल्ला कार्यक्रमको सफलता पछि अहिले यो कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक गोपाल न्यौपानेले जानकारी दिए ।
हिजो ९ डिसेम्बरको दिन आयोजक आइबोस ग्लोबल कतारको कार्यालयमा दोहाका केहीँ नेपालि समुदायका अगुवाइहरु, आयोजक परिवारका साथिहरू, कार्यक्रमका बिसेष सहयोगी शक्ति क्षेत्री, रित कुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, बिरेन्द्र के याक्थुङबा र अर्जुन रसाइली लगाएत पत्रकारहरुसंग कार्यक्रमबारे छलफल समेत गरेको थियो । कतारमा बिगतमा हुदै आएको कार्यक्रम भन्दा भिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने धारणा राख्दै कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइ सांगितिक मनोरन्जन लिन कार्यक्रम संयोजक न्यौपानेले सबैमा अनुरोध गरेका छन् ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०८:२६ मा प्रकाशित

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न...

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि...

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...