बहराई । बहराईन तमु समाज बहराईनले यही आउँदो ३० डिसेम्बरका दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष तमु ल्होसार मनाउने भएको छ ।
स्रोतका अनुसार प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमुू अर्थात शास्त्र हराए संस्कार हराउँछ । संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ । भन्ने मुल नारालाई आत्मसाथ गरि स्थापना काल देखि हरेक वर्ष यस राष्ट्रिय पर्व ल्होसारलाई निरन्तरता दिँदै आएको समाजका निवर्तमान अध्यक्ष दिपक गुरूङ्गले बताए ।
बहराईनमा रहेका विभिन्न संघ, संस्था, संगठन समाजसेवी, वुद्धिजिवि लगायत समस्त गीत, संगीत पारखी, कलाप्रेमी नेपालीजनहरुलाई उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन गरिमामय उपस्थितिको लागि तमु समाज आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।
बहराईनका प्रख्यात नाम कमाउन सफल विभिन्न विधाका चर्चित स्थानीय कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुति सहित बहराईनमा स्थापित नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाहरूको आ–आफ्नो परम्परागत मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुति रहने समाजका प्रवक्ता अमर जंग गुरूङले बताए ।
वि.सं.२०७३ मंसिर २८ मंगलवार ०९:०४ मा प्रकाशित