back
CTIZAN AD

बहराईनमा तमु समाजले तमु ल्होसार मनाउने

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1K 

shares

बहराई ।  बहराईन तमु समाज बहराईनले यही आउँदो ३० डिसेम्बरका दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष तमु ल्होसार मनाउने भएको छ ।

स्रोतका अनुसार प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमुू अर्थात शास्त्र हराए संस्कार हराउँछ । संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ । भन्ने मुल नारालाई आत्मसाथ गरि स्थापना काल देखि हरेक वर्ष यस राष्ट्रिय पर्व ल्होसारलाई निरन्तरता दिँदै आएको समाजका निवर्तमान अध्यक्ष दिपक गुरूङ्गले बताए ।

बहराईनमा रहेका विभिन्न संघ, संस्था, संगठन समाजसेवी, वुद्धिजिवि लगायत समस्त गीत, संगीत पारखी, कलाप्रेमी नेपालीजनहरुलाई उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन गरिमामय उपस्थितिको लागि तमु समाज आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनका प्रख्यात नाम कमाउन सफल विभिन्न विधाका चर्चित स्थानीय कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुति सहित बहराईनमा स्थापित नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाहरूको आ–आफ्नो परम्परागत मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुति रहने समाजका प्रवक्ता अमर जंग गुरूङले बताए ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०९:०४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...