back

जबर्जस्ती करणी मुद्दाका अभियुक्त पक्राउ

वि.सं.२०७३ मंसिर २८ मंगलवार

957 

shares

२८ मङ्सिर,मेलम्ची । जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । विसं २०७२ असोज १० गते फरार रहेका तामाङको उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतबाट प्रतिवादीका नाउँमा वारेन्टसहितको म्याद पुर्जी जारी भई आएकामा प्रतिवादी तामाङ घटनापछि फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

अभियुक्त आफ्नो घरमा आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जलवीरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय अवैध हातहतियार तथा विभिन्न शीर्षकका फरार अभियुक्तलाई पक्राउका लागि सक्रिय भएको छ । रासस

वि.सं.२०७३ मंसिर २८ मंगलवार १०:०२ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...