back

इटालीको नयाँ प्रधानमन्त्रीद्धारा मन्त्री परिषद् गठन

वि.सं.२०७३ मंसिर २८ मंगलवार

756 

shares
GLOBAL IME AD
NTC AD

 २८ मङ्सिर,रोम (इटाली) । इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद् गठन गर्नुभएको छ ।

संसदमा रहेका राजनीतिक शक्तिहरुसँगको छोटो छलफलपछि उहाँले सोमबार अबेर इटालीका राष्ट्रपति सर्जियो माटेरेलालाई मन्त्रीहरुको नामावली बुझाउनु भएको हो । उहाँले बुझाएको मन्त्रीहरुको नामावलीमा १८ जनाको नाम रहेको थियो ।

नव नियुक्त प्रधानमन्त्री ६२ वर्षीय जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसदीय निर्वाचन गर्ने जिम्मेबारी दिएको छ ।

तत्कालिन प्रधानमन्त्री मटेओ रेन्जीले राजीनामा दिएपछि निवर्तमान परराष्ट्र मन्त्री जेन्टिलोनीलाई आईतबार राष्ट्रपति माटेरेलाले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

इटालीमा संवैधानिक सुधार विषयमा भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । त्यसकारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् । रासस÷सिन्ह्वा ÷एएफपी

वि.सं.२०७३ मंसिर २८ मंगलवार १०:०५ मा प्रकाशित

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि...

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन

सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा...

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा...