Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता : ‘एउटै ड्याङ्गको मुला’



मेरो चोटहरूमा नुन छर्किन्दै रमाउछौं तिमी
मौका त पाउँ तिम्रो पनि धर्नासो फुस्काइ रमाउला म पनि
भिन्नता केही पनि छैन तिमी र म माझ
किन कि…
तिमी पनि गंगटे बर्ग
म पनि गंगटे बर्ग,
भन्नु नै हो भने साँइला…
हामी त रहेछौं एउटै ड्याङ्गको मुला ।

मैले गरेको उन्नति देख्नै नसक्ने तिमी
तिमीले गरेको उन्नति देख्नै नसक्ने म पनि
भिन्नता के पो रहेछ र…म र तिमीमाझ
आखिर म पनि गंगटे बर्ग
तिमी पनि गंगटे बर्ग,
भन्नु नै हो भने साँइला…
हामी त रहेछौं एउटै ड्याङ्गको मुला ।

मैले दामी घर बनाउँदा,
दामी गाडी किन्दा,
तिम्रो आँखा जल्ने गर्छ ।

अनि……..

तिमीले नामी काम गर्दा,
तिमीले जय जयकार पाउँदा,
मेरो मन पोल्ने गर्छ ।
भिन्नता के रह्यो र तिमी र म माझमा..
आखिर तिमी पनि…
गंगटे बर्ग,
म पनि गंगटे बर्ग,
भन्नु नै हो भने साँइला…
हामी त रहेछौं एउटै ड्याङ्गको मुला ।

म ऋणमा डुबे भने हाँस्दै खुच्चिङ्ग मच्चाउँछौं तिमी
अनि आपत आइलागे तिमीलाई
हात बाँधेर तमाशा हेर्छु म पनि,
सघाउ–पगाउको त नामै छैन तिमी र म माझ…
किन कि…
तिमी पनि गंगटे बर्ग
म पनि गंगटे बर्ग,
भन्नु नै हो भने साँइला…
हामी त रहेछौं एउटै ड्याङ्गको मुला ।

हो, एउटै ड्याङ्गको मुला ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

७ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड खेलाडी विमल घर्तिमगरले ए डिभिजन लिग

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१