Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक



मुक्तक १

पाखे भन्छन् देखाए नि, चिउरा मकै भट्ट अचेल
केटा र केटी चिनिदैन, भेषभुषाले झट्ट अचेल
आफ्नो पहिचान मेटिएला,संग्रहालयमा नभेटिएला
हराइसके ढिकी जाँतो, ओखल र घट्ट अचेल ।

मुक्तक (२

जस्ले अरूको जीवनबाट, सुखहरू छिन्दै हुन्छ
जाँतोमा जस्तै दनादन, घुनलाई झैं पिन्दै हुन्छ
उस्लाई के था सुख के हो, अरूले भोग्ने दुःख के हो ?
दुःख काटूँ दुःखैमा हाँसी, सुखको मजा भिन्दै हुन्छ ।

मुक्तक ३

उब्जनी भए किसानको, भाउ नदिई फर्काइदिन्छन्
भुक्तानी हुन्न खरिद भए, छाति उस्तै धर्काईदिन्छन्
संसारलाई पाले पनि, जस्तै कदम चाले पनि
व्यापारीले उपहारमा, सधै ’महँगी’ चर्काइदिन्छन् ।

मुक्तक ४

चर्का भाषण उम्मेदवारका, जब चुनाव निकट हुन्छ
आश्वासनका भ्रम छरेसी,उसकै हातमा टिकट हुन्छ
राजधानीमा किलोमा सुन, सुदूरमा छैन बिलोमा नून
जति विकास आए पनि, कर्णाली सधै विकट हुन्छ ।

मुक्तक ५

बदलिदैन झट्ट बिश्वास, देशकै सत्ता धानेकासँग
भरोसा लाग्छ जे गरे नि, हृदयले आफ्नै ठानेकासँग
मस्त छौं हामी अन्धभक्त, चुसिँदा आफ्नै जीउको रक्त
कसले बाजी मार्न सक्नु ?, छक्कापञ्जा जानेकासँग ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको