
१० फागुन, स्पेन । स्पेनमा रहेका कास्केलीहरुको संस्था कास्की समाज स्पेनले आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ ।
बार्सिलोनामा सम्पन्न उक्त अधिबेशनले बलबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा कुमार गुरुङ, उपाध्यक्षमा खेमकुमार भण्डारी, महासचिवमा नीरज कार्की, सचिवमा गणेश अधिकारी, कोषाध्यक्षामा देवी भण्डारी र सहकोषाध्यक्षमा मोहनराज गौतम रहेका छन् भने सदस्यहरुमा पदम खत्री, कुमार गुरुङ, सवित बानियाँ, नरेन्द्र गुरुङ रहेका छन् ।
त्यसैगरी समाजले पुष्प केसी, राजेन्द्र कँडेल, शिवकुमार लामिछाने, बेलकाजी गुरुङ जीवनजङ्ग राणा, दुर्गा घिमिरे, शान्ति राणा, पवनराज भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।
अधिबेशनका अवसरमा समाजले सामाजिक कामहरुलाई अघि बढाउने निर्णय गरेको समाजका निर्वतमान अध्यक्ष केदार ढुंगानाले जनाएका छन् ।
समाजले स्पेनको बार्सिलोनामा संचालित नेपाली विद्यालयमा अध्ययनरत नेपाली बालबालिकाको शैक्षिकस्तर उकास्न आर्थिक सहयोग गर्ने, आर्थिक स्थिति कमजोर भएका पाँच परिवारलाई उपचारमा सहयोग गर्नुका साथै दृष्टिविहीन बालबालिकाका लागि कम्प्युटर उपलब्ध गराउने र आवश्यक कानूनी परामर्श दिने तथा कास्कीको समग्र कला संस्कृतिको जगेर्नाका लागि स्पेनका मुख्य सडकमा जानकारीमूलक कार्यक्रम गर्ने बताइएको छ ।
कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वयका परिषद्का उपाध्यक्ष नीरजकुमार थापा, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद् केन्द्रीय संरक्षक रमेश गुरुङ, एनआरएनए स्पेनका उपाध्यक्ष दिनेश गिरी, तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ लगायतले पर्यटन वर्षमा नेपाल सरकारलाई सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
वि.सं.२०७६ फागुन १० शनिवार १२:४९ मा प्रकाशित