back

तालिवान समूहसँग २९ फेब्रुअरीमा सम्झौता गर्ने तयारीमा अमेरिका

वि.सं.२०७६ फागुन १० शनिवार

420 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, रियाद ।  संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी गरिरहेको विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार बताएका छन् ।

“हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ,” उनले साउदी अरबको भ्रमणपछि जारी विज्ञप्तिमा भने ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले भने, “तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबार देखि आगामी हप्ताभर नै ‘हिंसात्मक गतिविधिलाई’ रोक्ने सहमति भएको र आगामी हप्ता देखिने गतिविधिले नै सम्झौता गर्ने वा नगर्ने भन्ने निचोड निस्किनेछ । आशा गरौँ तीन वटै शक्तिले हिंसा कम गर्ने सहमति जनाएकाले अब यसमा स्वतः कमी आउनेछ ।”

आंशिक मानिएको वार्ताले अफगानिस्तानमा १८ वर्षभन्दा बढी रहेको द्वन्द्व अन्त्यका लागि ऐतिहासिक कदम चाल्नेछ र सम्झौताको मार्ग प्रशस्त हुनेछ जसले अन्ततः युद्धको अन्त्य देख्न सक्छ । बृहत् र स्थायी युद्धविराम र अफगानिस्तानका लागि भविष्यको राजनीतिक मार्गचित्र यो आधारभूत चरणमा निर्माण हुने अमेरिकी विदेशमन्त्री पोम्पेओले बताए ।

पोम्पेओले भने, “चुनौती अझै बाँकी छ तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।”

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका-तालिवान सहमतिको स्वागत गरेका छन् । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको छ । “आजको घोषणालाई म स्वागत गर्दछु कि अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएको छ,” स्टोल्टनवर्गले एक विज्ञप्तिमा भने । उनले भने, “यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ । यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतङ्ककारीहरुको लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ ।”

अफगानिस्तानमा नेटोको १६ हजार सैनिक रहेका छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ । अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ ।

मस्कोका अफगानिस्तानका राजदूत जमीर काबुलोभले राज्य सञ्चालित समाचार संस्था आरआईए नोवोस्तीसँग भने,“यदि सम्झौता समारोहमा आफूलाई आमन्त्रण गरिएमा त्यहाँ सहभागी हुने बताउनुभएको छ । यो अफगानिस्तानमा शान्ति प्रक्रियाको लागि महत्वपूर्ण घटना हुने उनको धारणा थियो ।

काबुलोभले भने, “यो सम्झौताबीचमा कुनै पनि अवरोध नहुनेमा पूर्ण विश्वास लिएको र अमेरिकासँग सम्झौता भएपछि अफगानिस्तानका सबै पक्षहरूबीच वार्ता सुरु गर्न मस्कोले आग्रह गर्दछ ।” एएफपी

वि.सं.२०७६ फागुन १० शनिवार १३:२४ मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...