मीना बान्तावा “मृदु” इजरायल । तेलभीब लुम्बिनी कपिल बस्तु प्रबर्दन –दिवश० अभियान इजरायल राष्ट्र समिति” ले २०१६ दिसम्बर १० का दिन अभियानको ८ औ बिस्व बार्षिकोत्सबको अवसर पारेर भव्य कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा अभियानको आयोजनामा गराइएको गत २ महिना सम्मको ८ हप्ते उध्घोषण एडभांस तालीमको प्रमाणपत्र समेत बितरण गरिएको थियो । इजरायलको लागि पहिलोपटक २०१२ सालमा लुम्बिनी कपिलबस्तु प्रबद्र्धन अभियान इजरायलकी संयोजक मीना बान्तवको संयोजकत्वमा स्थापना भएको हो ।
सो कार्यक्रममा नेपाली राजदूताबासबाट प्रमुख आथित्य हरिहर कान्त पौडेल रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व अभियान तथा आयोजक कमिटीकी अध्यक्षले निभाउनु भएको थियो ।
राष्ट्रीय गान तथा अतिथि सत्कारबाट सुरु गरिएको उक्त कार्यक्रममा राजदूताबासबाट आएका प्रमुख अतिथिलाई सोही अभीयानकी अध्यक्ष मीना बान्तावा राईद्धारा बुद्धको माला अर्पण गर्दै दियो प्रज्जलन तथा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
अभियानकी सदस्य भीमा माया नेमहांग र मुना सिवाकोटीद्धारा संचालन गरिएको उक्त कार्यक्रममा अभियानकी महासचिव गीतकार दाना कादम्बरीले स्वागत मन्तब्य तथा कार्यक्रमको महत्व बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रममा इजरायलमा भएका बिभिन्न संघ साथ कलाकार मंचबाट समेत उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले बुद्धलाई महत्व दिन नसक्नु हाम्रो हामी नेपालीको कमजोरी रहेको बताउँदै नेपालीले बुद्ध जन्मभूमिलाई पनि सुधार गर्नको लागी महत्व दिनु पर्ने बेला आएको छ भन्नु भयो ।
त्यस्तै श्री सत्य साईकेंद्र र अभियानकी सलाहकार नेहा गुरुंगले पनि नेपालमा जन्मेका बुद्धको महत्व हामीले अझै बुझ्न नसकेको बताउँदै यसलाई बुझ्नु आवस्यक रहेको बताउनु भयो । गुरुङले इजरायलमा यो अभियान फैलिएको तथा विदेशीले महत्व राख्दा हामीले बुद्धलाई चिन्न नसकेको बताउदै अभियान र बुध्द हामी सबै नेपालीको रहेको भन्नु भयो ।
अभीयानकी सदस्य तथा प्रशिक्षार्थी लामू शेर्पाले उद्घघोषण शिक्षाको बारे छोटो अनुभव बोल्नु भई र अभियानले दिएको सरहानीय काम को प्रसंसा गर्नु भएको थियो । त्यस्तै लुम्बिनी अभियानकी सदस्य रुपन्देही समाजकी अध्यक्ष तारा पोखरेलले बुद्ध र बुद्धत्व के हो ? ज्ञान सबैले पाउनु आवस्यक भन्ने बारेमा बताउनु भयो ।
कार्यक्रममा कबिता वाचन नृत्य र सांस्कृति कार्यक्रमहरु समेत भएको थियो । गीतकार तथा अभियानकी सदस्य समेत रहेकी नूतन भुसालले बुद्धत्वको बारेमा मिठो कबिता वाचन गर्नु भएको थियो । अर्का कबिता वाचक अभियानकी कबिता सुनुवारले पनि मिठो बुद्धको कबिता वाचन गर्नु भएको थियो त्यस्तै कबिता वाचनमा मूना सिबा कोटी, भीम माया नेमहंग साथै अभियानकै अर्का सल्लाहकार र नेपाली जनसम्पर्क समिति इज्रायलका अध्य्क्ष दीपेंद्र थापाले आफ्ना छोटो भनाइ सहित बुद्धको कबिता वाचन गर्नु भएको थियो ।
अभियानको सदस्य रही राष्ट्रीय कलाकार मंचकी सदस्य साबित्री सुनुवार राईले राष्ट्रीय गीत रोचक नृत्य गर्नु भएको थियो । त्यस्तै रमन अधिकारी अभियानको सदस्य समेत रही राष्ट्रीय कलाकार मंचका अध्यक्ष हुनु हुन्छ । उहाले अभियान कार्यक्रम सहयोगी, प्राविधिकमा पूर्ण सहयोग गर्नु भएको थियो । लुम्बीनी कपिल बस्तु प्रबद्र्धन अभियान इजरायलको तर्फबाट प्रशिक्षक अभियानको सलाहकार। CNNE का संपादक पुष्प श्रेष्ठलाइ “टोकन अफ लभ” मायाको उपहार हस्तान्तरण गरिएको थियो ।
त्यस्तै कलाकार मंचका प्रतिनिधि संगीतकार रियाज शिवकोटिले उदय सोताङ्गको गीत र नवराज खड्काको रचना रहेको “फर्क बुद्ध” नामक गीत गाउनु भएको थियो । अभियानलाई कार्यक्रम गर्ने स्थल अभियानको सदस्य प्रताप सूरज मादेंनले उपलब्ध गराउनु भएको थियो ।
अंतमा अभियानकी अध्यक्ष तथा सभापति वान्तवाले सबैलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।
अंतमा लुम्बिनी कपिल बस्तु प्रबद्र्धन इजरायल परिवारले संस्थालाई ज्ञात अज्ञात तन मन धनले इजरायलमा स्थापना कालदेखि आजसम्म सहयोग गर्दै आएका र गरिरहेकाहरुमा भगवनले सधै स्वास्थ्य राखी हरेक नकारात्मताबाट बचाउन भन्ने कामना तथा धन्यबाद व्यक्त गरेको छ । कार्यक्रम रोचक रमाईलो र मन मुग्ध रहेको सहभागीहरुले बताएका थिए ।
वि.सं.२०७३ मंसिर २८ मंगलवार ११:३४ मा प्रकाशित