back
CTIZAN AD

नेपाली जनप्रगतिशील मोर्चा वेलायत गठन

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1.1K 

shares

 चाल्टन, वेलायत । स्वाधिन र समुन्नत नेपालको निर्माणको लागि,एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्नको लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायतको भेलाले अधिवेशन आयोजक समिति गठन गरेका छ ।
मुक्तिकामी नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने,विश्वका न्याय प्रेमी जनताको आवाजहरुलाई समर्थन गर्ने,प्राकृतिक तथा अन्य विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने,मानवअधिकार उल्लंघनका घटनाहरुको विरोध गर्ने,वेलायतमा रहेका नेपालीहरुको स्थानीय समस्याहरुको समाधानमा सहयोग गर्ने जस्ता उद्धेश्यहरु लिएर कृयाशिल रहंदै आएको प्रगतिशील नेपाली समाज युकेमा विभाजन आएपछि एकिकृत जनक्रान्तिलाई समर्थन गर्ने साथीहरुको पहलमा भएको भेलाले यो समिति गठन गरेको हो ।
उक्त भेलाले नेपाली जनप्रगतिशील मोर्चा , युरोपका केन्ऽिय उपाध्यक्ष टि एन रिजालको संयोजकत्वमा दुइ सदस्य पछि थप्ने गरी एघार सदस्यीय समिति निर्माण गरेको हो । टिका साप्कोटा सदस्य सचिव रहनु भएको उक्त समितिमा नविन गौतम,कमला लिम्वु गुरुङ्ग,हिमालमान आङ्गवुहाङ्ग,दिलिप परियार,वुद्ध तमु र रमेश नेपाली सदस्य रहेका छन् । उक्त भेलामा विशेष उपस्थितीको रुपमा रहेका नेपाली जनप्रगतिशील मोर्चा,युरोपका सल्लाहकार प्रेम पाठककले कार्यसमितिका साथीहरुलाई हार्दिक वधाई तथा शृुभकामना दिनुभएको थियो । कार्यसमिति गठन पश्चात वसेको समितिको प्रथम वैठकले नविन साप्कोटा र डा पि एन श्रेष्ठलाई मोर्चाको सल्लाहकारमा चयन गरेको छ ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ११:५२ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...