back

नेपाली जनप्रगतिशील मोर्चा वेलायत गठन

वि.सं.२०७३ मंसिर २८ मंगलवार

882 

shares

 चाल्टन, वेलायत । स्वाधिन र समुन्नत नेपालको निर्माणको लागि,एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्नको लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायतको भेलाले अधिवेशन आयोजक समिति गठन गरेका छ ।
मुक्तिकामी नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने,विश्वका न्याय प्रेमी जनताको आवाजहरुलाई समर्थन गर्ने,प्राकृतिक तथा अन्य विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने,मानवअधिकार उल्लंघनका घटनाहरुको विरोध गर्ने,वेलायतमा रहेका नेपालीहरुको स्थानीय समस्याहरुको समाधानमा सहयोग गर्ने जस्ता उद्धेश्यहरु लिएर कृयाशिल रहंदै आएको प्रगतिशील नेपाली समाज युकेमा विभाजन आएपछि एकिकृत जनक्रान्तिलाई समर्थन गर्ने साथीहरुको पहलमा भएको भेलाले यो समिति गठन गरेको हो ।
उक्त भेलाले नेपाली जनप्रगतिशील मोर्चा , युरोपका केन्ऽिय उपाध्यक्ष टि एन रिजालको संयोजकत्वमा दुइ सदस्य पछि थप्ने गरी एघार सदस्यीय समिति निर्माण गरेको हो । टिका साप्कोटा सदस्य सचिव रहनु भएको उक्त समितिमा नविन गौतम,कमला लिम्वु गुरुङ्ग,हिमालमान आङ्गवुहाङ्ग,दिलिप परियार,वुद्ध तमु र रमेश नेपाली सदस्य रहेका छन् । उक्त भेलामा विशेष उपस्थितीको रुपमा रहेका नेपाली जनप्रगतिशील मोर्चा,युरोपका सल्लाहकार प्रेम पाठककले कार्यसमितिका साथीहरुलाई हार्दिक वधाई तथा शृुभकामना दिनुभएको थियो । कार्यसमिति गठन पश्चात वसेको समितिको प्रथम वैठकले नविन साप्कोटा र डा पि एन श्रेष्ठलाई मोर्चाको सल्लाहकारमा चयन गरेको छ ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ११:५२ मा प्रकाशित

Himalayan Life AD
युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...