back

एमसीसीका विषयमा गम्भीर रहेको प्रचण्डको दावी

वि.सं.२०७६ फागुन ११ आइतवार

420 

shares
GLOBAL IME AD
NTC AD

११ फागुन, काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विषयमा आफू गम्भीर रहेको बताएका छन् ।

नागरिक आवाज नेपालमा संलग्न विभिन्न संघ संस्था र आवद्ध व्यक्तिहरुको एमसीसी खारेजी मागपत्र बुझ्दै अध्यक्ष प्रचण्डले नेकपाको केन्द्रीय समितिद्धारा निर्मित आयोगले बुझाएको रिर्पोट र नागरिक आवाजका नाउँबाट आएको अनुरोधको भावना उस्तै भएको जनाउँदै राष्ट्रियतालाई अहित गर्ने काममा आफू र पार्टी सरिक नहुने प्रतिबद्धता गम्भीरताका साथ व्यक्त गरेका छन् ।

नेकपा पार्टी मुख्यालय धुमबाराहीमा आइतबार मागपत्र बुझाइएको उक्त कार्यक्रममा नेकपाका नेताहरु नारायण शर्मा, किशन शर्मा, लोककृष्ण भट्टराई, कमान सिंह लामासहित साध्य बहादुर भण्डारी, नीलकण्ठ तिवारी, गणेश सिंखडा, आरसी न्यौपाने, भरत शर्मा, लोक प्रसाद भुर्तेल, भरत गौतम, राजेन्द्र देशभक्त, डा। शम्भु कट्टेल, भावना विद्रोही तथा गुठी विधेयकविरुद्ध नागरिक आन्दोलन चलाएका असोज कुमार मर्हजन र रविन्द्र श्रेष्ठ लगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै कार्यदलका सदस्य भीम रावल र केन्द्रीय सदस्य नारायण दाहाल समेतको उपस्थिति थियो भने लोककृष्ण भट्टराई, नारायण शर्मा, कमान सिंह लामा, साध्य बहादुर भण्डारी र भावना विद्रोहीले आफ्ना भनाई राखेका थिए । नागरिक आवाज नेपालद्धारा दिइएको एमसीसी खारेज सम्बन्धी मागपत्र संयोजक असोज कुमार मर्हजनले पढेर सुनाएका थिए ।

 

 

वि.सं.२०७६ फागुन ११ आइतवार १८:०६ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...