२९ मंसिर, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–२ का नारायण भट्टराई रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । भट्टराई सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भट्टराई चढेको को २७ प ६८९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:०७ मा प्रकाशित