back

संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौंः कमल थापा

वि.सं.२०७६ फागुन १२ सोमवार

408 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन अहिले आवश्यक नरहेको बताएका छन् । थापाले सरकारले गर्नु पर्ने जनजिवीका र विकासका काम छोडेर सत्तारुढ दल नेकपा संविधान संशोधनको तयारीमा लाग्नु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको बताए ।

राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकका लागि सुर्खेत आइपुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा सत्तारुढ नेकपाले बिना अर्थमा संविधान संशोधनको तयारी गरेको जनाए । देशमा भ्रष्टाचार बढिरहेको बताउँदै अध्यक्ष थापाले धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव पनि बढिरहेकोमा चिन्ता व्यक्त गरे।

थापाले संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउनको लागि नभएको बताए।

उनले संविधान संशोधन नै गर्ने भए राजतन्त्र स्थापना गर्ने गरी संसोधन गर्नु पर्ने थापाले बताए। ‘संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौं,’ उनले भने ।

जननिर्वाचित व्यक्ति मात्रै कार्यकारी प्रमुख हुने व्यवस्था संविधानमा उल्लेख भएको बताउदै उनले संविधान र संसदको नियन्त्रणमा रहने राजतन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७६ फागुन १२ सोमवार १२:४९ मा प्रकाशित

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि...

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...