back

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

वि.सं.२०७६ फागुन १२ सोमवार

492 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ ।

कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालीमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए ।

सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफीखेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए । उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यवसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरु अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफीखेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए ।

तालीममा कफी विशषेज्ञले कफीखेतीलाई कसरी व्यवस्थित रुपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैँचा निर्माण, बीउ र माउबोट छनौट, बीउ सङ्कलन, ब्याड तयारी कफीमा लाग्ने रोग किराको चिनारी, कफी सङ्कलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रुपमा तालीम उपलव्ध गराइने बताइएको छ ।

तालीममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइट मार्फत आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्याङ्कनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरी तालीममा सहभागी गराइएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रविधिक अधिकृत शम्शेर बस्नेतले जानकारी दिए ।रासस

वि.सं.२०७६ फागुन १२ सोमवार १४:११ मा प्रकाशित

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्...

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

घोराही (दाङ) । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३...