Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कानुनविद् खतिवडा भन्छन्–प्रधानमन्त्रीलाई राज्यविरुद्धको कसुर लाग्न सक्छ



१२ फागुन, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई राज्यविरुद्धको कसुर आकर्षित हुने बताइएको छ ।

प्रधानमन्त्रीले नेपालको नक्सा आकारमा केक बनाएर सार्वजनिक रुपले जन्मदिन मनाएकोमा व्यापक आलोचना भइरहेकै बेला कानुनविद् डा. पूण्य प्रसाद खतिवडाले प्रधानमन्त्रीलाई राज्यविरुद्धको कसुर लाग्ने बताएका छन् ।

फौजदारी कसुर सम्बन्धी व्यवस्थाको भाग २ परीच्छेद १ राज्यविरुद्धको कसुर अन्तर्गत दफा ४९ को उपदफा ४ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइविचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गिय, जातीय, धार्मिक, क्षेत्रिय, साम्प्रादायिक र यस्तै अरु कुनै आधारमा घृषा द्दैष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्ने का मगर्न वा गराउन हुँदैन’ भनिएकाले यसमा उल्लेखित सार्वभौमिकता भौोलिक वा प्रादेशिक अखण्डता शब्दले नेपालको आकाश र भुगोल समेत नाप नक्शा प्रष्ट रुपमा जनिने अधिवक्ता खतिवडाको दावी छ ।

यसप्रकारको कसुर पाइएमा दफा ४९ को उपदफा ५ ग अनुसार ५ वर्ष कैद र ५० हजार सम्म जरीवाना हुने व्यवस्था गरिएको छ ।
‘यसैगरी दफा ५१ मा राष्ट्रहित प्रतिकुल काम गर्न नहुने शीर्षक अन्तर्गत उपदफा २ को ‘क’ बमोजिम ‘नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तराष्ट्रिय छवि उपर अपमान हुने होच्याउने वा घृणा, द्देष फैलाउने बुँदा समेत आकर्षित गर्न सकिने जनाइएको छ । राष्ट्रको सार्वभौमिकतामा अवहेलना पुर्याएको विषय जोडेर प्रधानमन्त्रीलाई सोहि कसुरको दफा ५१, उपदफा ४ को ‘क’ बमोजिम ५ वर्ष कैद र ५० हजार सम्म जरीवानाको व्यवस्था समेत आकर्षित गर्ने सकिने खतिवडाको ठहर छ ।

सरकारको मितव्ययी नीति तथा आफैले हस्ताक्षर गरी परीपत्रका रुपमा पार्टीमा जारी आचारसंहिता अनुसार ‘जन्मदिन, ब्रतबन्ध र पास्नी जस्ता परंपरागत संस्कारलाई घरपरीवारमा मात्र सिमित गर्नुपर्दछ’ भन्ने व्यवस्थालाई खिल्ली उडाइएको तथा तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाको अस्वभाविक बखान गरेर प्रधानमन्त्रीले आफ्नो छविमा समस्या पैदा गरेको टिप्पणी आइरहेका बेला उनले भूगोल र नक्शाको अवहेलना गरेको विषय उठेको छ ।

प्रधानमन्त्रीको प्रतिरक्षामा रहेका समर्थकहरुले ट्रम्प र मोदीको वर्थ डे केक उदाहरणका रुपमा प्रस्तुत गरे पनि नेपालको कानुन, भूगोल र राष्ट्रियताका हिसावमा संवेदनशील रहेको कारण अरु उदाहरण जोड्न नसकिने कानुनविद् खतिवडाको तर्क छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको