Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

संविधान संशोधन कार्यदलको पहिलो बैठकमै आरोप-प्रत्यारोप



१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिबार गठन गरेको संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदलको पहिलो बैठकमै सदस्यहरुबीच आरोप-प्रत्यारोप चलेको छ । संयोजक माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा बसेको बैठकमा कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा उपस्थित थिए।

छलफलको शुरुमै नेम्वाङले संविधान संशोधनजस्तो गम्भीर विषयको औचित्य स्थापित भएपछि मात्रै अघि बढ्नुपर्ने बताउँदै अमुक व्यक्तिको इच्छाअनुसार राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्नु उचित नहुने बताएका थिए । नेम्वाङको कुरामा अर्का सदस्य देवकोटाले सहमति जनाए ।

एक व्याक्तिलाई लक्षित गरेर संविधान संशोधन गर्ने हो भने गलत नजिर बस्ने भन्दै सदस्यद्धयले आपत्ति जनाएपछि थप छलफल अगाडि बढेन। संयोजक नेपालले त्यसो भए फेरि पार्टीमा छलफल गरौंला भन्दै छलफल टुङ्याएका थिए ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रिय सभा सदस्य संख्या थप गर्ने गरी गृहकार्य गर्न नेता नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्य सुरू भएपछि त्यसको व्यापक आलोचना भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

जति जति रिस धा–यो त्यत्तिकै पोल्छ छाती । खुस मनसित रम्ने चाहना लुट्छ साथी

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा