back

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

वि.सं.२०७६ फागुन १३ मंगलवार

561 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसकोे ३४ औं वार्षिकोत्सव तथा अभिभावक भेला सोमबार विविध सांस्कृतिक कार्यक्रम गरी सम्पनन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले शैक्षिक प्रमाणपत्रलाई सार्थकता दिन व्यक्ति आफैले क्षमता प्रदर्शन गर्नु जरुरी रहेको बताए । परम्परागत रुपमा शैक्षिक गतिविधिलाई निरन्तरता दिदा नतिजा सून्य भएको भन्दै डा. महतले प्रविधिको भरपुर प्रयोग गर्नु आवस्यक रहेको बताएका हुन् ।

यस्तै कार्यक्रममा बोल्दै संघिय सांसद बहादुरसिंह लामाले शिक्षाको गुणस्तर बढाउन सबै पक्ष एक जुट हुनु आवस्यक रहेको बताएका छन् । विद्यार्थीले विद्यालय क्याम्पसदेखि नै तोडफोड, हत्या हिंसा, भष्ट्रचार जस्ता अमानवीय व्यवहार सुन्दै र सिक्दै जाने भएकोले समस्या आएको बताए । अमानवीय गतिविधिबाट विद्यार्थीलाई जोगाउन विद्यालय प्रशासन चुक्न नहुने पनि सांसद तामाङले बताए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व सदस्यहरु लिलानाथ न्यौपाने, धु्रव अधिकारी, नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यय, पूर्व स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख नारायणमान डङ्गोल, पव्लिक क्याम्पस प्राध्यापक संघका इकाई अध्यक्ष जितेन्द्र अर्याल लगायतले क्याम्पसको पठनपाठनलाई गुणस्तरीयता दिन शिक्षक, विद्यार्थी, सञ्चालक समिति, अभिभावक सबैको उत्तिकै महत्वपूर्ण योगददान हुनुपर्ने बताएका छन् ।

त्यस्तै विद्यार्थी नेताहरु सत्य रिमाल, अनिल ढकाल, राजेन्द्र पनरु लगायतले विद्यालय प्रशासन समक्ष स्वतज्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्नुको साथै विद्यार्थीहरुबाट चर्को शुल्क लिने तर शिक्षकहरुलाई न्यून पारिश्रमिक दिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले क्याम्पसको शैक्षिक गतिविधिको साथै आयव्यव प्रस्तुत गरे । साथै कार्यक्रममा विभिन्न परिक्षामा उत्कृष्ट अंकको साथ उर्तीण भएका विद्यार्थी, र सञ्चालन भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:५० मा प्रकाशित

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी...

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको...

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको...

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को...

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

  काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव...