Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

यी गाउँपालिकाले दिए, भोली (फागुन १५ गते) सार्वजनिक विदा



१४ फागुन, पाल्पा । भोली फागुन १५ गते पाल्पामा सार्वजनिक विदा हुने भएको छ ।

मगर समुदायको बसोबास बढी रहेको पाल्पाका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते मगर दिवसका अवसरमा सार्वजनिक विदा हुने भएको हो ।

झण्डै ५२ प्रतिशत मगर समुदाय रहेको पाल्पा देशभरीकै मगर समुदायको बाहुल्यता भएको जिल्ला हो ।

मगर समुदायको संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने उद्धेश्य तथा ३८ औं मगर दिवसलाई पर्वका रुपमा मान्दै पाल्पाको निस्दी गाउँपालिका र तिनाहुँ गाउँपालिकाले सार्वजनिक विदा दिने भन्दै सूचना नै प्रकाशित गरेको हो । साथै रामपुर नगरपालिकामा रहेका विभिन्न मगर संघ÷संस्थाले सार्वजनिक विदा दिन माग गरेको बताइएको छ ।

त्यस्तैै रामपुर मगर संघ तथा एकीकृत मगर उत्थान समाजले विविध कार्यक्रम गर्ने भएको छ । ८४ प्रतिशत मगर समुदायको बसोबास रहेको पूर्वखोला गाउँपालिकाले पनि सार्वजनिक विदा दिने निर्णय गरेको गाउापालिकाका अध्यक्ष नुन बहादुर थापाले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको