back

अपडेट-हङकङमा घरको छतबाट हाम फालेर आत्महत्या गर्ने नेपाली चेलीको पहिचान खुल्यो

वि.सं.२०७६ फागुन १४ बुधवार

153 

shares
NTC AD
Global IME AD

१४ फागुन, हङकङ । हङकङको वान चाई ४०–५४ स्थित एक निजी भवनको ७ तला माथिबाट हाम फालेर आत्महत्या गर्ने नेपाली युवतीको पहिचान खुलेको छ ।

फेब्रअरी २२ का दिन घरको छतबाट हाम फालेर आत्महत्या गरेकी नेपाली युवती धरानकी २९ वर्षीया वर्षिका राई रहेको नेपालखबरडटकमका लागि हङकङबाट मगेन्द्र राईले लेखेका छन् । प्राप्त जानकारी अनुरसार पुख्यौली घर खोटाङ भई लामो समयदेखि परिवार छाडेर हङकङमा बस्दै आएकी राई अविवाहित रहेको र उनका बाबुआमालगायतका परिवार बेलायतमा बस्दै आएको छन् भने उनकी दिदी सिंगापुरमा रहेको उनका आफन्तले बताएका छन् ।

वर्षिकाले आत्महत्या गर्नुभन्दा पहिला सिंगापुरमा रहेकी दिदीसँग लामो कुराकानी गरेको पनि खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
खोटाङ समाज हङकङका पूर्वअध्यक्ष अघिराज (प्रकाश) राई का अनुसार परिवारका सदस्य हङकङमा नरहेकोले नातामा भेनाजु पर्ने व्यक्तिसँग राईको शब नेपाल पठाउन लागिएको समेत बताइएको छ ।

राईलाई नजदिकबाट चिन्नेहरुले उनले डिप्रेशनको कारण आत्महत्या गरेको हुन सक्ने बताएका छन् भने उनी एकान्तमा बस्न मनपराउने, भिडभाडमा झर्कने, अरुको कुरामा ध्यान नदिने, तथा अस्वभाविक कुरा गर्ने गरेको पनि बताइएको छ ।

के कारणले छतबाट हाम फालेर आत्महत्या गरिन् हङकङमा नेपाली चेलीले ?

वि.सं.२०७६ फागुन १४ बुधवार ०९:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...