१४ फागुन, काठमाण्डौं । फेरि अर्कोचोटि संसद प्रदेशका नाममा नेकपा उपाध्यक्ष वामदेव गौतमको बदनाम गर्ने खेलो मौलाएको छ । त्यो त्यहि पुराना खेलाडीहरुले चलाएको खेलो हो, जो सिंहदरबारभित्रै बसेर गरिँदै छ ।
वामदेवलाई राष्ट्रियसभामा लैजाने कुरामा प्रधानमन्त्री केपी ओलीदेखि प्रचण्ड, माधव, नेपाल, भलनाथ खनालसहित सबैजसो नेता सहमत भएका हुन् । तर, स्वयं वामदेव गौतम प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितता बारे संसद्मा जानुको मात्रै अर्थ नहुने बताउँदै आएका थिए । नेकपाको पछिल्लो सचिवालय बैठकले प्रधानमन्त्री बनाउने मामिला मात्रै होइन, राष्ट्रियसभा सिट थप्नुपर्ने विषयमा राजपाले उठाइरहेको कुरा र संशोधन नगरी नहुने अन्य केही बुँदाबारे अध्ययन गरौ भनेर माधव नेपाल नेतृत्वमा खिमलाल देवकोटा रहेको कार्यदल बनाउने कुरा गरेकै हो । तर, यस्तो कुरालाई प्रचारमा नलैजाने, भित्रिरुपमा त्यो विषयको सम्भाव्यता अध्ययन गर्ने भन्ने सचिवालय बैठकको कुरा थियो । त्यसैले केही समयपछि यो कुरा सार्वजनिक भए ।
वामदेव प्रधानमन्त्री बन्ने कुरामा प्रचण्ड, माधव नेपाल, झलनाथजस्ता प्रधानमन्त्री भइसकेका नेताहरु असहमत छैनन् । तर, प्रधानमन्त्री नबनेको र बन्ने तीब्र चाहना पालेका ईश्वर पोखरेल यो कुराबाट मारमा पर्ने एक मात्र व्यक्ति रहेको पार्टीभित्र जो शक्तिमा आयो उसको पछि लाग्ने इश्वरको पुरानो बानी केपीसँग नजिक हुन आफ्ना लागि माधव नेपाल मरेतूल्य हुन् भनेर विश्वासिला पत्रकार मातृका पौडेललाई बोलाएरै अनलाइनखबरमा अन्तरवार्ता दिएको तथा यसरी पत्रकार बोलाएर तुष्टि मेट्ने काम उनले अहिले पनि नछाडेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले लेखेको छ ।
वि.सं.२०७६ फागुन १४ बुधवार १०:१८ मा प्रकाशित