back

वर्षाले जाडो बढायो, मिथिला परिक्रमा यात्रीको चिल्लीबिल्ली

वि.सं.२०७६ फागुन १४ बुधवार

330 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, महोत्तरी । महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो ।

फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नुपरेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ ।
हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य बाली गहुँको बाला पोटाउन निकै राहत दिएको छ । त्यसैगरी वैशाखी ‘सिजन’का नयाँ तरकारीका बिरुवालाई पछिल्लो वर्षा अमृत नै भएको किसानले प्रतिक्रिया दिएका छन् ।

मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई भने चिल्लिबिल्ली बनाएको छ । तेस्रो दिनको विश्रामका लागि जिल्लाको सीमावर्ती भारतको मधुवनी जिल्लामा पर्ने फूलहरमा रहेका यात्री पानी पर्न थालेपछि आश्रय खोज्दै नजिकको गाउँबस्ती पसेका थिए । फूलहरुमा पोखरी छेउको गिरिजा मन्दिर छेउमा यात्री बस्ने पुरानो परम्परा छ ।

मिथिला माध्यमिकी परिक्रमाका यात्री आज बुधबार यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका छन् । तेस्रो दिनको रात्रिबास छिमेकको भारतमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान) मा गरेका यात्री आज चौथो दिनको रात्रिबासका लागि महोत्तरीको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यात्रीलाई मटिहानीको नेपाल–भारत सीमाक्षेत्रमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका मटिहानीवासीले स्वागत गरेका छन् ।

यात्रीको बसोबास र खानपिन प्रबन्धका लागि मटिहानी नगरपालिका, महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानी, लक्ष्मीनारायण मठ र अन्य सामाजिक सङ्घसंस्था आवश्यक तयारीमा जुटेका नगरप्रमुख मण्डलले बताए ।रासस

वि.सं.२०७६ फागुन १४ बुधवार १०:३६ मा प्रकाशित

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

काठमाडौँ । खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...