Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

होलीमा सलमान खानले फ्यानहरुलाई यस्तो उपहार दिँदै



काठमाडौँ । बलिउड सुपरस्टार अभिनेता सलमान खानले होलीको अवसर पारेर आफ्ना दर्शकहरुलाई उपहार स्वरुप चलचित्र ‘राधे’को टिजर प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

सलमान खानको आगामी चलचित्र ‘राधे’ यतिबेला चर्चामा रहेको छ । उनी यस चलचित्रमा एक्शन मोडमा देखिएका छन् । उनका फ्यानहरु उनको चलचित्र ‘राधे’ हेर्न मात्र होइन उक्त चलचित्रको टिजर हेर्न पनि आतुर रहेको मिडिया रिपोर्टले जनाएको छ ।

खानको यो भन्दा अगाडिको चलचित्र ‘दबंग ३’ ले पनि गत वर्ष सफलता हात पारेको थियो । गत वर्षको अन्तिममा प्रदर्शन भएको उक्त चलचित्रले बक्स अफिसमा औसत व्यापार गर्न सफल भएको थियो ।

एक मिडिया रिपोर्टका अनुसार सलमानले चलचित्र ‘राधे’ का निर्देशक प्रभुदेवासँग कुरा गर्दै होलीमा यसको टिजर ल्याउने बताएका छन् । उनको पहिलाको एक्शन चलचित्र ‘वान्टेड’ भन्दा पनि यो खतरनाक हुने खानको ठम्याइ छ । चलचित्र ‘राधे’ को प्रदर्शन भने यस वर्षको ईदमा हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको भिरबाट लडेर निधन भएको छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी