Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

लाइफलाइन अस्पतालमा शुरु हुने भो डायलोसिस सेवा



१४ फागुन, दमक । दमकस्थित लाइफलाइन अस्पतालले मिर्गौला बिरामीका लागि डायलोसिस सेवा शुरुआत् गर्ने भएको छ ।

रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिए। ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ ।

अध्यक्ष डा साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ

अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए । रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गौला बिरामीलाई थप सहज हुने बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिए । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताए ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको