
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मभूमि तेह्रथुमको आठराईमा पुगेर मनाए । त्यहाँ आफ्ना बाबु, परिवार, छिमेकी, गाउँले र वरपरका स्थानिय जनताहरूसँग बसेर मनाए । आफू जन्मिएको घर र ठाउ छाड्ने र बिर्सने राजा, राणा, पंच, कम्युनिस्ट र हरेक दलका नेता तथा कार्यकर्ता अनि समाजका मानिसका प्रवृति बिच ओलीले आफ्नो जन्म घरलाइ राष्ट्रिय संग्रहालय बनाउने, आफ्नो ठाउँ, गाउँ, क्षेत्रको पनि बिकास गर्ने सोच तथा राज्य नागरिकको साथमा छ भन्ने अनुभुति दिलाएका छन् भन्दा फरक नपर्ला ! उनि बाँच्दासम्म र उनले गरेसम्म उनि जन्मिएको ठाउँ र गाउको बिकासको लागी केहि गर्लान्, नगर्लान भोली देखिने छ भने उनिसंगै या भोलीदेखि कोहीले या राज्यले या स्थानिय व्यक्ति र सरकारहरूले आफ्नो गाउँ÷ठाउ ऐतिहासिक ठाउँ भनेर काम गरिए ठाउँ र हरेक नाउँको हितका लागि आधार पक्कै बन्ने नै छ । यो ओलीको ठाउँ र नाममा मात्रै होइन अन्य ठाउँ र नाउँ भएका गाउँ र शहरहरूमा हुनु पर्दछ । होइन भने हामी सबैले धेरै राष्ट्रिय र ऐतिहासिक व्यक्तिहरू जन्मेको घर, गाउँ, टोल, गडी र दरबारहरू लोप, जिर्ण र खन्डहर हुदै गएका खबर र चित्रहरू हेर्दै र पढ्दै आइरहेका हौं र अझ लोप हुँदै नजालान् भन्न सकिन्न ।
आफ्नो घर, परिवार, आफन्त, साथीभाइ, कार्यालय, दलका मानिसहरूबीच मात्र मनाइने जन्मदिनलाइ प्रधामन्त्री ओलीले आफ्नो गाउँ, ठाउ र नागरिकहरू सम्म बसेर मनाउने तहसम्म लगेका छन् । यो हरेकलाइ मननिय र हरेकले अगाल्नु पर्ने गरि सबैलाइ झकझकाएका छन् । आफ्नो जन्म घर, स्थानका लागि सबैले केहि गर्नै पर्ने भन्ने बिपना मै ओलीले देखाएका छन् ।
जहासम्म ‘केक’ काटिनु र केकमा देशको नक्शा राखिनु र यसमा बिबाद देखिनु र बिबादित बनाइनु भित्र सकरात्मक र नकरात्मक चित्र देखिनु प्रधानमन्त्री लगायत आज भएका र भोली आउने शासकहरूलाइ गतिलो पाठ हो भने समाज र हामी नेपाली मानवलाइ पनि सोच्ने बिषय र बिबाद बनेको अनुभुति हुनु पर्छ ।
कुनै पनि जनसमाज र राज्यका अंगहरूमा रहेका मानिसहरूले गरिने सामाजिक कार्य र कृयाकलाप, दुःख र सुखका अनुभुति र काम आफ्ना मौलिक, सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक आस्था र प्रचलनका आधारमा हुन्छन् र गरिन्छन् । आज जुनसुकै जात र धर्म, गाउँ र टोलका मानिस राज्यका ठूला पदमा पुग्ने र ठूला देशहरूमा पुग्ने औकात राख्छन र अधिकारवाला बनेका छन् । व्यवहारमा पक्षपात, कठिन र जालझेल होला यो अलग पाटो हो ।
नेपाली मानसिकता, परम्परा र राजनीतिलाइ ख्याल गर्ने हो भने ‘केक’ काटिनु र देशको नक्शा राखिनु गलत हो । तर, आजको बदलिदै गइरहेको समाज र बन्दै गइरहेको विश्व भाइचारा, परम्परा, सम्वन्ध र सद्भावलाइ ख्याल गर्ने हो भने यो ‘केक’ काटिनु र केकमा देशको नक्शा राखिनु ठूलो कुरो होइन जस्तो लाग्छ । जसरी हामी केकमा वा कुनै आफ्नै परम्परामा आधारित जन्मदिन मनाउँदा व्यक्तिको नाम राख्छौं, तस्बिर बनाउछौ र काटेर, सबैलाई बाडेर खान्छौ अनि खुशी र उत्सव पनि मनाउछौ ।
नेपाली परम्परा र संस्कृति ‘केक’ काट्ने र बत्ति निभाउने होइन बत्ति बाल्ने, टिका लगाउने र सेल रोटी खाने हो कि ! दहि, मिठाइ, फलफूल, परिकार खाने हो । अझै नढाटी भन्ने हो भने हाम्रो समाज र औकात अनुसार गर्ने हो भने मरेको दिन ‘श्राद’ गरिन्थे ÷गरिन्छ । जन्मदिन मनाइने त के कहिले जन्मेको मिती र दिन पनि हिजोका दिनहरूमा सम्झना र थाहा हुन्थेन । समय र औकात बढ्दै जाँदा जन्मदिन मनाइने चलन आम नेपाली समाजमा आएको हो । यो खुशीको कुरो हो । तर, यसमा दुखेसो, तरिका र प्रयोग गरिएका बस्तु, चिन्ह र आकृतिलाइ कसैको खेदो खन्ने र बिरोधीको बिरोध गर्ने रूपमा लिइएको छ । बनाइदैछ । यो सोचनिय छ कि, जिम्मेवारीमा रहेका, देश र समाजका, घर परिवारका मुख्य व्यक्तिहरूले कस्तो तरिका र प्रयोग गर्दा विवादरहित भन्ने बुझ्नुपर्छ ।
नेपाली समाज खाना, छाना र नानामा मात्रै होइन शिक्षा, उपचार, सुविधा र सुरक्षामा पनि आफ्नो मौलिकता, परम्परा, पहिचान छोड्दै र समय, अवस्था र आवस्यकता अनुसार सुधार गर्दै गइरहेको समाज हो । यति मात्रै होइन आम्दानी र लगानीमा पनि परधर्ति निर्भर र परिवर्तन गर्दै गइरहेको समाज हो । यसमा नेपालीहरू बिचमै एक अर्को व्यक्ति, जाति, धर्म र स्थानका कयौ कुरा अंगाल्दै, सिक्दै गइरहेको समाज र राष्ट्र हो जुन देशभित्र मात्रै होइन विदेशी देश, चलन र तरिकाहरू पनि आत्मसाथ गर्दै गइरहेको समाज हो । बिधी र प्रविधी, उपचार र शिक्षामा मात्रै होइन धेरै बिषयमा बिदेशी भूमि र सुविधा लिदै आधुनिक बन्दै र बनाउदै गइरहेको समाज हो ।
नेपाली मानसिकता, परम्परा र राजनीतिलाइ ख्याल गर्ने हो भने ‘केक’ काटिनु र देशको नक्शा राखिनु गलत हो । तर, आजको बदलिदै गइरहेको समाज र बन्दै गइरहेको विश्व भाइचारा, परम्परा, सम्वन्ध र सद्भावलाइ ख्याल गर्ने हो भने यो ‘केक’ काटिनु र केकमा देशको नक्शा राखिनु ठूलो कुरो होइन जस्तो लाग्छ । जसरी हामी केकमा वा कुनै आफ्नै परम्परामा आधारित जन्मदिन मनाउँदा व्यक्तिको नाम राख्छौं, तस्बिर बनाउछौ र काटेर, सबैलाई बाडेर खान्छौ अनि खुशी र उत्सव पनि मनाउछौ ।
केकमा राष्ट्रको नक्शा बनाउँदा र त्यसलाइ काटेर खादा राष्ट्र टुक्रा पारेको र देश खाएको हुन्छ र ? यस्तो सोच, मान्यता, मानसिकता बनाउने हो भने हामीले आफ्नै परिवारको नाम राखेर, दियो र बत्ति जलाएर खाने र काटिने केक र चलनलाइ आफ्नै परिवारको नाम र शरिर काटेर जलाएर खाएको र खादै आइरहेको मान्ने त ?
हामीले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सव मनाएको र देशको नक्शा आकृतिको केक प्रयोग गरेको मात्रै देख्यौ । तर, जात र क्षेत्रको नाममा एकजातले अर्को जातलाई सखाप पार्न खोज्ने, एकजातिले अर्को जातिको अस्तित्व नस्वीकार्ने लगायतका राजनीति र आन्दोलनलाइ जाति र क्षेत्रहरूबीच सद्भाव र एकतामा परिवर्तन गर्न खेलेको भुमिका र नेतृत्व बिस्र्यौ ! देशलाइ मधेश पहाडमा अलग गर्ने बिखन्डनवादलाइ राष्ट्रिय एकता र राजनीतिमा बदल्ने काम गरेको पनि बिस्र्याै ! नौ–नौ महिनामा सरकार ढल्ने, बन्ने अस्थिर स्थितिलाइ समाप्त पारेको र च्याउ झै रहेका पार्टीहरूलाइ सिमित दलहरूमा परिवर्तन गर्न खेलेको भूमिका पनि बिस्र्यौ ! छिमेकीले भने जस्तो नमाने सरकार फेर्ने, व्यवस्था बदलि दिने, नाकाबन्दी लगाउने स्थितीको अन्त्य गरेर चीन हुँदै विस्व सामु पुग्ने नाका र नाता बनाएको एतिहासिक काम पनि बिस्र्यौ !
यो संकोच मानसिकता हो भन्दा फरक नपर्ला । यदी केकमा देशको झन्डा र नक्शा राखिँदा, काटिँदा राष्ट्रघाती काम मानिने हो भने आफूले गरिरहेको सबै राम्रो अरूले गरेको सबै नराम्रो मान्ने र भन्ने हो भने अलग कुरो हो । राजनीति र मन नपरेको व्यक्तिमा यस्तै हुने नेपाली समाज र मानसिकता हो भने अलग कुरो । बिचार, उत्पादन र प्रविधी विदेशी जायज मानिने र अंगालिने । तर, शैली, परम्परा, चलन अमान्य मानिने र विवादित बनाउने हो भने देशका राजा, दलका नेता, कार्यकर्ता, समाज र देशका सम्मानित मानिस मर्दा उनिहरूका मृत शरीरमाथि राष्ट्र, दल, संस्था र धर्मका ‘झन्डा’ ओडाउनु र राखिनु देशको संस्था र धर्मको अपमान गरिनु हो भन्ने मानिदैन र ? शबमाथि राष्ट्रको झन्डा ओडाउनु र झुकाउनु देश झुक्नु र जुठो बनाएको मानिन्छ र ? मानिदैन । यो त राष्ट्रिय सम्मान र स्थान पो मानिदै आएको छ त । ‘केक’ मा देशको नक्शा राखिनु पनि देशको सम्मान र स्थान राखिनु हो जसरी केकमा व्यक्तिको नाम र तस्बिर राखिन्छन् । जनता र परम्परा अनुसार देश चलाऔ । समाज बनाऔ आखिर नेपालीपन र नेपाली समाजसँगै रम्ने र बस्ने नेपाली मौलिकता देशभित्र र देश बाहिर जहाँ रहे पनि अंगाल्ने नेपाली पहिचान हो ।
हामीले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सव मनाएको र देशको नक्शा आकृतिको केक प्रयोग गरेको मात्रै देख्यौ । तर, जात र क्षेत्रको नाममा एकजातले अर्को जातलाई सखाप पार्न खोज्ने, एकजातिले अर्को जातिको अस्तित्व नस्वीकार्ने लगायतका राजनीति र आन्दोलनलाइ जाति र क्षेत्रहरूबीच सद्भाव र एकतामा परिवर्तन गर्न खेलेको भुमिका र नेतृत्व बिस्र्यौ ! देशलाइ मधेश पहाडमा अलग गर्ने बिखन्डनवादलाइ राष्ट्रिय एकता र राजनीतिमा बदल्ने काम गरेको पनि बिस्र्याै ! नौ–नौ महिनामा सरकार ढल्ने, बन्ने अस्थिर स्थितिलाइ समाप्त पारेको र च्याउ झै रहेका पार्टीहरूलाइ सिमित दलहरूमा परिवर्तन गर्न खेलेको भूमिका पनि बिस्र्यौ ! छिमेकीले भने जस्तो नमाने सरकार फेर्ने, व्यवस्था बदलि दिने, नाकाबन्दी लगाउने स्थितीको अन्त्य गरेर चीन हुँदै विस्व सामु पुग्ने नाका र नाता बनाएको एतिहासिक काम पनि बिस्र्यौ ! देश र समाजका लागि योगदान गर्ने जुनसुकै देश र व्यवस्थाका नेतृत्व र शासकहरूको जहाँ पनि जय–जयकार गरिन्छन । जन्मोत्सव मनाइन्छन् । हामी कुनै साइनो नपरेका माओ र माकर््सका जन्मोत्सव मनाउदै आउने दल र जन ओलीको जन्मोत्सव मनाउँदा कसरी राजा महाराजाहरूको सरह मनाइयो भनेर भन्दैछौ ?
आयोजना र बिकास निर्माणका सम्झौता र काम गरिँदा कसरी कमिशन लिने रहेछन् र कसरी देशको बजेट घोटला गर्दा रहेछन् भन्ने कुरा ओलीकै विस्वास पात्रबाट पाएको धोकाबाट छर्लगं भएको छ । यो ओली र राष्ट्रको लागि ठूलो घात र चुनौती हो भन्दा फरक पर्दैन । कसरी दरबार र महलहरू बन्ने रहेछन र बिकास र आयोजना अलपत्र बन्दा रहेछन भन्ने कुरा पनि यतिबेला छर्लग भएको छ । यो रोक्ने र दलहरूभित्र, सरकारभित्र, कर्मचारी र व्यवसायीभित्र, हरेक पेशा, निकाय र सरकारहरू भित्र देशको बजेट कसरी दुरूपयोग हुने रहेछ अनि देश, नेतृत्व र व्यवस्था किन असफल र परिणामबिहीन हुने रहेछन् भन्ने कुरा छर्लङ्गै भएको छ । यी यावत् समस्या तथा विकासका अवरोधरु चिर्न ओली सफल हुन्छन् या बिरोधीहरू सफल हुन्छन् यो त जनतामै निर्भर रहन्छ ।
जन्मोत्सव र यसको शैली बिवादित बनाउने र अपनाउनेले जान्नु पर्दछ कि, नेपाली समाज र मानसिकता देश जस्तै अबिकसित छ, पछौटे छ । यस्तो बेला बोल्ने, मनाउने र गर्ने कामहरू बिबाद र अबरोध मुक्त हुने गरी भने गरिनै पर्छ ।
मनाउने र बनाउनेले राष्ट्रको सम्मान र माया आत्मसाथ गरेको भन्ने देख्ने र आरोप लगाउनेले राष्ट्र टुक्रा पारेको भन्ने कुराले समाज कहिले सम्म विभाजित भइरहने भन्ने कुरा पनि सोचनिय छ । कसैको भावना र आस्थामािथ शंका गर्ने र असजिलो महशुस गराउने दुबै अतिवाद त गलत छैनन ? सोचनिय पक्ष यो पनि छ कि !
वि.सं.२०७६ फागुन १४ बुधवार १५:४८ मा प्रकाशित