Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

महानगरीय ट्राफिक महाशाखा परिसरभित्र मेश भवन बनाइने, के-के छन् त सुविधा ?



१५ फागुन, काठमाण्डौं । महानगरीय ट्राफिक महाशाखा रामशाहपथको हाताभित्र नवनिर्माण हुन लागेको ‘मेश भवन’को शिलान्यास गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार एक कार्यक्रमकाबीच उक्त भवन निर्माणको शिलान्यास गरेका हुन् । साथै उनले ट्राफिक प्रहरी महाशाखालाई १ थान वासिङ मेशिन समेत हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरीको मेश सुधार गर्ने क्रममा नयाँ भवन निर्माण गर्ने लक्ष्य अनुरूप ट्राफिक महाशाखामा नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिँदै प्रहरी कर्मचारीहरूको व्यारेक, पानी, शौचालय लगायतको व्यवस्थापनमा आफैले भूमिका खोज्नुपर्ने बताएका थिए ।

विद्यमान समस्याहरू समाधान गर्दै प्रहरी कर्मचारीहरूका लागि सुविधाहरू थप्दै लैजाने लक्ष्य अनुरूप ट्राफिक प्रहरी महाशाखालाई वासिङ मेशिन हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा उक्त महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले लुगा धुन र नुहाउन पनि फुर्सद नहुने अबस्थामा उक्त वासिङ मेशिनले ट्राफिक प्रहरीलाई निकै सहज हुने विश्वास व्यक्त गरेका थिए । साथै मियामा ईलेक्ट्रिक स्कुटर सोरूमले दिएको १ थान ईलेक्ट्रिक स्कुटरले सवारी साधनमा आरक्षण सिट लागू भए नभएको अनुगमनको लागि खटाइने उनले जानकारी दिए ।

सो अवसरमा प्रहरी उपरीक्षक राजकुमार बैदवारले प्रहरी प्रधान कार्यालयबाट विनियोजित कूल १२ लाख ७३ हजार ८ सय ८६ रूपैयाँको लागतमा ४५ दिन भित्रनै उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उक्त मेश भवन सुविधा सम्पन्न, वातावरण मैत्री, स्वच्छ र सफा हुने सो कार्यक्रममा जानकारी दिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज