२८ फागुन, काठमाडौँ । जिल्ला धनुषा, धनौजी गाउँपालिका का वडा कार्यालयमा कार्यरत वडा सचिव सुशिल ठाकुर घुस सहित पक्राउ परेका छन् ।
वडा सचिव ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीसँग २० हजार घुस सहित पक्राउ परेका हुन् ।
आफ्नै कार्यालयबाट पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ फागुन १६ शुक्रवार १५:२४ मा प्रकाशित