
१६ फागुन, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेटमा ९ सय भन्दा बढि विकेट लिने ५ खेलाडी मात्र रहेका छन । यी ५ खेलाडीहरुको नाम यसप्रकारका रहेका छन ।
१. मुथियाह मुरलीधरन
श्रीलंकाका पूर्व क्रिकेटर मुथियाह मुरलीधरन यस सुचिको पहिलो नम्बरमा रहेका छन । उनले श्रीलंकाका लागि ८९५ अन्तराष्ट्रिय खेल खेल्दैँ १३४७ विकेट लिएका छन ।
२. शेन वार्न
अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वर्न दोस्रो नम्बरमा रहेका छन । उनले अष्ट्रेलियाका लागि ३३९ अन्तराष्ट्रिय खेल खेल्दैँ १००१ विकेट लिएका छन ।
३. अनिल कुंबले
भारतका पुर्व क्रिकेटर अनिल कुंबले तेस्रो नम्बरमा रहेका छन । उनले भारतका लागि ४०३ अन्तराष्ट्रिय खेल खेल्दैँ ९५६ विकेट लिएका छन ।
४. ग्लेन म्याकग्राथ
अष्ट्रेलियाका पूर्व क्रिकेटर ग्लेन म्याकग्राथ चौँथोे नम्बरमा रहेका छन । उनले अष्ट्रेलियाका लागि ३७६ अन्तराष्ट्रिय खेल खेल्दैँ ९४९ विकेट लिएका छन ।
५. वसीम अकरम
पाकिस्तानका पूर्व क्रिकेटर वसीम अकरम पाँचौँ नम्बरमा रहेका छन । उनले पाकिस्तानका लागि ४६० अन्तराष्ट्रिय खेल खेल्दैँ ९१६ विकेट लिएका छन ।
वि.सं.२०७६ फागुन १६ शुक्रवार १६:४० मा प्रकाशित