
ताप्लेजुको फेदी मुनि देउरालिको बनै राम्रो ।
खुल्ला डाँडा निलो च्यादर प्रकृतिको तनै राम्रो ।
बन पाखा गुराँस पलास लहराका बुट्यानहरु
उसै माथी रानी चरी डाफे मुनाल झनै राम्रो ।
पर्यटनलाई सेवा दिने फेदी गाउँ छ दुई चार पसल
छल कपट कति छैन लेकालीको मनै राम्रो ।
पाथीभरा अबस्थित छन् फेदीको त्यो डाँडा माथि
ताप्लेजुङलाई प्रकृतिले दिएको यो धनै राम्रो ।
वि.सं.२०७६ फागुन १७ शनिवार १०:११ मा प्रकाशित