back

लघुकथा : माछो माछो भ्यागुतो

वि.सं.२०७६ फागुन १७ शनिवार

2.7K 

shares
GLOBAL IME AD
NTC AD

पोखरी थियो एउटा । किनारमा भ्यागुता, पानीमा माछाको बसोवास । माछा र भ्यागुताले आ-आफ्नो ठाउँमा वर्गिय सहिष्णुता कायम राखेकै थिए । वर्गिय मेलमिलाप देखिन्थ्यो । माछा खान चरा आउँदा भ्यागुताले ट्वार ट्वार गरि सूचना दिने र भ्यागुता खान सांप आउँदा माछाले पानी हल्लाएर छाल मार्फत् सूचना दिने-बसेको थीति । आपसी समझदारी, अन्तर सहयोगको नमुना अनुपम ।

संङ्लो पानीमा माछाका भुराहरू खेलेर रमाउथे, रमाएर खेल्थे । हुद्दा हुद्दा, हुलु हुल बनेर दौडिन्थे, उफ्रिन्थे । भ्यागुताका चेपागंडाहरू रमितेले चटक हेरे झै पोखरीका डिलमा बसेर हेरिरहन्थे । त्यस्तै सिको गर्थे । उनिहरूलाई लाग्थ्यो भुरालाई हाईजम्पमा त जितिन्छ । तर रनिङमा चै खै के खै के ! निक्र्यौल निकाल्न सकेका थिएनन् । सल्हा भो आपसी–प्रतियोगिता गर्ने । पठाए चुनौती प्रस्ताव । भुराले स्वीकारे, हुने भो दौड प्रतियोगिता ।

पानीका रैथानेलाइ के सक्नु चेपागंडाले–हारे । विजय उन्मादमा धेरै रमाए भुराहरू । नाँचे गाए उफ्रिए । ईख्याए चेपागाडालाई । यही हो कुवाँको भ्यागुतो भनेको । देश संसार देखेको छैन, खेल संसारमा हामीलाई चुनौती दिने, यो पोखरी हाम्रो हो, तिमेरू त कांठका कांठे हौ कांठे भन्दै भाषण ढोके भुराले । चेपागाडाले पनि लल्कारे, डुक्रिए –सम्ममा त कछुवा पनि कुद्छ । खरायोलाई जित्छ । किन धेरै पुईकन्छौ । यो हाम्रो ठाउ हो । तिमिहरू त भर्खरै आका , फिरन्ते, आप्रवासि । अंगिकृृत हौ तिमेरू । तिमेरलाई किनेर ल्याको, फेरि बेचिन्छौ, के को फुंई लाउछौ सम्म भने । तिघ्रा ठटाए, मुठ्ठी कसे, लात्त भुईमा बजारे । सक्छौ भने आओ किनारमा दौडौ, अनि देख्छौ हाम्रो पाईन भने । भुराले यो चुनौती पनि स्वीकारे । फेरि दौडीन राजी भए ।

किनारको दौडमा भुरा हारे । पालो चेपागाडाको, खुव मनाए बिजय उत्सव– रातभर ट्व्वार्र ट्व्वार्र … ट्व्वार्र ट्व्वार्र …।

खैलाबैला भो । साँपले हल्ला सुने, आए रमनमा । जाँच पड्ताल गरे, गौडा पत्ता लाए । यता भ्यागुता उता माछा । दुवै तिर पक्कु, चारैतिर मः मः, कहिले छोईला, कहिले कचिला । र्याल काडे, थुक निले । हैट !! खप्परमा त लेखेरै ल्याको रै छ एक आपसमा हेरा–हेरे गरे र मुस्कुराए अनि गरे अट्टाहांस ।

माछा र भ्यागुताको संख्या घटदै गो–बुज्रगले थाह पाए । परिस्थितिको लेखाजोखा भो । अनुसन्धानबाट कारण पत्ता लाग्यो–भुरा र चेपागाडाको दौड । संयुक्त सभा बोलाईयो । सबैले आफ्ना कुरा राखे। निर्क्यौल भो-पुन : दौड । ध्वजा पतंगा टाँगिए, ताना तिर्कुटा गाडिए । दौड फरक प्रकारको हुने दुबै तर्फका वुज्रुगले बताए । सोही अनुसार भुरा पानीमा दौडीए चेपागाडा किनारमा । दुबै टिमले संगै दौड पूरा गरे । दुवै विजयी घोषित भए । दुबै खुसी भए । नाचे । गाए अनि रमाए । ताली ठोके । हात मिलाए । कुम जोडे । संयुक्त विजय सभामा दुवैले भाषण ठोके win-win situation many many  congratulation.

परिस्थिति फरक भै सकेको थियो । माछा स्वात स्वाती घट्न थाले । पानी पनि सुक्दै गयो । माछा, भ्यागुता भोकभोकै परे । पोखरी बाझो पल्टीयो । माछा र भ्यागुता जस्तो लाटो कहा हुन्छ र मान्छे । आ्फ्नो नाममा दर्ता गरायो पोखरी । ल्यायो लालपूर्जा । ट्रिपरका तांती कुदायो । खोलाको किनार बोक्र्यायो । उदिनो, स्काईभेटर, जेसिभि, ग्रेडर, रोलर सवै कुदायो । पुरायो, सम्म बनायो, प्लटीङ गर्याे अनि बेच्यो ।

साँप सदैनिक आउने गर्छ, टहल्दै दिउसो । दुला दुली पस्छ, माछा खोज्छ, भ्यागुतो भेट्छ, खान्छ र भन्छ माछो–माछो भ्यागुतो ।

वि.सं.२०७६ फागुन १७ शनिवार १०:१३ मा प्रकाशित

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

दाङ । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...