Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

मुक्तक



१.
सकरात्मक सोचको खेती गर्ने काम मेरो
मनमै बस्छन् सारा देउता मनमै राम मेरो
ढुङ्गा पुजी महानता देखाउनु छैन मलाई
मन सुन्छु मन पुज्छु मनै चार धाम मेरो ।

२.
अलिअलि गर्दै साँध सार्ला जस्तो छ
बेइमानीले साँच्चै गाल पार्ला जस्तो छ
नसोचेरै आफ्नो मुटु राखिदिएँ दाउमा
जिन्दगीको बाजी पक्कै मार्ला जस्तो छ ।

३.
मनभरी पाप बोकेर मुखले भजन गाउँछ मान्छे
अरुको दिल दुखाएर खै के पो पाउँछ मान्छे
बगरको ढुङ्गा देवता बन्छ मन्दिरमा सजिएपछि
त्यही पुज्न भावना कुल्चदै मन्दिर धाउँछ मान्छे ।

४.
केहि भन्नू छैन मेरो मुटु छामी डस्नेलाई
हररात आँखाबाट भेल बनी खस्नेलाई
फाली बनेर निस्कने दाउ रहेछ जानिएन
सुखमय कामना सियो बनी पस्नेलाई ।

५.
शान्त मेरो मनको तलाउ चलाई दिनेलाई
बसन्तको पालुवा जस्तै पलाई दिनेलाई
अन्धकारमा पाइला सार्दै गन्तव्य खोज्दैथेँ
साधुवाद छ मायाको दियो जलाई दिनेलाई ।

६.
जिन्दगीको लामो अध्याय एक हरफ नहोस्
दुबै मनमा हुनुपर्छ मायाप्रेम एक तरफ नहोस्
नहोस् जालझेल अनि छलकपट कहिल्यै पनि
यता मुटु तरल हुँदा उता भने बरफ नहोस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य