Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा पनि एकजनाको मृत्यु



१८ फागुन, काठमाण्डौं । चीन हुँदै विश्वका ५० भन्दा बढी देशमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पनि पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ ।

अमेरिकाको वासिङटन डिसीको उत्तर पश्चिम क्षेत्रमा ५० वर्षी भन्दा बढी उमेरका एक व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

ती व्यक्तिमा पहिलेदेखि अन्य स्वास्थ्य समस्या पनि रहेको बताइएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणसँग लड्नका लागि अमेरिका तयार रहेको बताएका छन् । उनले यस्तो परिस्थितिमा नआत्तिन आग्रह गर्दै भनेका छन् ‘हाम्रो देश हर परिस्थिति सामना गर्न तयार छ डराउनु पर्दैन ।’

अमेरिकाले हाल इरान यात्रामा प्रतिबन्ध लगाएको छ भने इटाली र दक्षिण कोरिया नजानका लागि आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमणका कारण अहिले सम्म विभिन्न देशमा ३ हजारको मृत्यु भइसकेको छ भने ८५ हजारमा संक्रमण देखिएको छ । संगठनका अनुसार कोरोना भाइरस विश्वका ५७ देशमा फैलिएको जानकारी समेत दिएको छ ।

अष्ट्रेलियामा पनि १ को मृत्यु
कोरोना भाइरस संक्रमणका कारण अष्ट्रेलियामा पनि पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ । पश्चिम अष्ट्रेलिया एक ७८ वर्षीय एक वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

ती व्यक्ति जापानको समुद्रमा क्वारेन्टाइनमा राखिएको पानी जहाज डायमण्ड प्रिन्सेज क्रुजसीपका यात्री थिए । पत्नीसँगै यात्रा गरेका उनकी पत्नीमा पनि भाइरस संक्रमण भएको तथा उनी उपचारमै रहेको समेत बताइएको छ ।

पर्थस्थित सर चाल्र्स ग्राइड्नर अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका उनको आइतबार बिहान मृत्यु भएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा