२० फागुन, काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरण बन्द भएको छ ।
मन्त्रिपरिषद्को आइतबारको निर्णयले कोरोनाको उच्च जोखिममा रहेको मुलुकमा आवात जावात रोक्ने विषयमा अध्ययन गर्न समिति गठन गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय भएको हो । मन्त्रिपरषद्ले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
समितिको सोमबारको बैठकले चीन, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायत ६८ मुलुकमा आवातजावात बन्द गर्ने विषयमा निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन २० मंगलवार ०८:०० मा प्रकाशित