Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाको वाशिङटन राज्यमा कोरोनाले लियो ६ को ज्यान



२० फागुन, अमेरिका । अमेरिकाको वासिङटन डिसीमा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ ।

मार्च २ मा २ जनाको मृत्यु भएको समाचार आएको थियो । तर, त्यसको केही घण्टामै थप ४ जनाको मृत्यु भएको समाचार आएको हो ।

वाशिंगटन राज्यका स्वास्थ्य अधिकारीहरुले ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । साथै स्थानीय नेताहरुले अतिथि गृह खरिद गरेर त्यसलाई अस्पतालको रुपमा प्रयोग गर्ने बताएका छन् ।

उनीहरू अस्पतालको रूपमा प्रयोग गर्न अतिथि गृह किन्नेछन् र कमजोर घरबारविहीन मानिसका लागि आवासको प्रकोपको डरले आवास उपलब्ध गराउने भनेका छन् ।

सियाटल तथा किङ्ग काउन्टीका जनस्वास्थ्य चिकित्सक जेफ डचिनले उक्त मृत्यु भएकाहरुको घोषणा गरेका थिए । उनले किङ्ग काउन्टी बाट ५ जना र स्नोहोमिश काउन्टीबाट १ जनाको मृत्यु भएको बताएका छन् । सबै जना वाशिंगटनको किर्कल्याण्ड अस्पतालमा निधन भएको थियो ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले उपराष्ट्रपति माइक पेन्स सहित स्वास्थ्यका विशेषज्ञहरु सहितसंग व्हाइट हाउसमा कोरोना भाइरस बारेमा जानकारी गराएका थिए ।

उपराष्ट्रपति माइक पेन्सले आजै गभर्नरहरु संग कुरा गरेका छन् भने आ–आफ्नो राज्यमा गभर्नर तथा नगर प्रमुखहरुले कोरोना भाइरस बारे सचेतना तथा जनतालाई ताजा जानकारी दिई रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज